फोटो पत्रकार आचार्य फोटो अवार्ड २०७५ बाट सम्मानित !

डम्मर बुढा मगर, बागलुङ २०७५ भदौ ४ । नेपाल टेलिभिजन बागलुङ संवाददाता तथा फोटो भिडियो पत्रकार किरण आचार्य प्रदेश नम्बर ४ स्तरीय ५ विधा मध्यको लोक संस्कृति तथा पर्यटन विधाको फोटो प्रतियोगितामा कला, संस्कृति तथा पर्यटन सम्बन्धी फोटो अवार्ड २०७५ बाट सम्मानित भएका छन् ।

प्रदेश नम्बर ४ का ३ सय जना फोटो पत्रकार तथा फोटो ग्राफरहरुलाई पछाडी पार्दै आचार्य उत्कृष्ट भएका हुन् । उनलाई फोटो ग्राफर संघ पोखराले नगद ५ हजार १ रुपैयाँ सहिद प्रमाण पत्रले सम्मान गरेको थियो ।

२०५७ सालदेखि फोटो भिडियो पत्रकारीता गर्दै आएका आचार्यले अहिलेसम्म थुप्रै मिडियाहरुलाई फोटो तथा भिडियो सहयोग गर्दै र संचारकर्मीहरुलाई तालिम दिँदै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *