मालिका बोर्डिङ्गका कक्षा १० का बिद्यार्थीहरुलाइ नौ कक्षा गयो बिदाइ !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ फागुन २० । मालिका इङ्लिस बोर्डिङ्ग सेकेण्डरी स्कुल वामीका कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाइ शुक्रबार एक कार्यक्रमका बिच बिदाइ गरेका छन ।

कक्षा ९ की छात्रा सुनिता कार्कीको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यसेगरी कार्यक्रममा बिद्यालयका निर्देशक मोहनलाल श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका बिद्यालयका निर्देशक मोहनलाल श्रेष्ठ, शिक्षकहरु मेघ प्रसाद श्रेष्ठ, बिमल सापकोटा, बेचु प्रजापती, तथा शिक्षिका बिष्णु चालीसेले मन्तब्य राख्दै बिद्यार्थीहरुको आउँदै गरेको बार्षिक परिक्षाको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठले बिद्यार्थीहरुलाइ पढाइ नै सबैभन्दा ठुलो कुरा भएको कारणले मेहनत गरी अध्ययन गर्न सुझाब दिए ।
त्यसैगरी कक्षा १० का बिद्यार्थीहरु बर्षा भुजेल, र पुष्कर खरेलले धन्यबाद मन्तब्य दिएका थिए । कक्षा ९ का छात्रा अनिशा केसीले स्वागत मन्तब्य । कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थीहरु निकिता शाक्य र आयुष सलामीले गरेका थिए ।

कार्यक्रममा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाइ तथा १० का बिद्यार्थीहरुले ९ का बिद्यार्थीहरुलाइ उपहार तथा मायाको चिनो आदान प्रदान गरेका थिए । त्यसैगरी कक्षा १० का बिद्यार्थीहरुले बिद्यालयलाइ तथा शिक्षक शिक्षिकाहरुलाइ पनि मायाको चिनो प्रदान गरेका थिए ।

यसैबिच कक्षा ९ का बिद्यार्थीहरुले सोही कार्यक्रमकै अवसरमा शिक्षक र शिक्षिकाहरुको म्युजिकल चेयर रेस प्रतियोगीता समेत सम्पन्न गरेका छन । शिक्षक हरुबाट मेघ प्रसाद श्रेष्ठ र शिक्षिकहरुमध्यबाट धना काउचा उत्कृष्ट भएका छन् । उनिहरुलाइ बिद्यार्थीहरुले उपहार समेत प्रदान गरेका थिए । बिद्यार्थीहरुले कार्यक्रम पनि सामुहिक तस्वीर लिइ नाचगान समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *