बागलुङ नगरपालिका – ६ मा विभिन्न विषयगत समितिहरु गठन

बागलुङ २०७५ भदौ ४ । बागलुङ नगरपालिका ६ मा वडा स्तरिय विभिन्न विषयगत समिति गठन गरिएको छ । आईतवार वडा भेला गरी शिक्षा , मेलमिलाप र युवा तथा खेलकुद समिति गठन गरिएको हो ।

वडामा रहेका विद्यालयको भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरलाई सुधार्न मद्दत पु¥याउने उद्येश्यका साथ उक्त समितिको गठन गरिएको बताईएको छ ।

वडा अध्यक्ष खेमराज सापकोटाको संयोजकत्वमा गठन भएको शिक्षा समितिमा डम्वर बहादुर थापा, मधु खत्री, कविराम किसान, पदमपाणी शर्मा, गणेश बोहोरा, कृष्ण प्रसाद सुवेदी, लक्ष्मण सापकोटा र सदस्य सचिव रुद्रबहादुर केसी रहेका छन् ।

त्यसैगरि वडालाई शान्तिप्रिय वडा निमार्ण गर्नका लागि समाजमा बसोवास गर्दा व्यक्तिगत तथा सामाजिक रुपमा मनमुटाव भै झै झगडा हुन गएमा सहज बातावरणमा समाधान गर्ने गरि पदमपाणी शर्माको संयोजकत्वमा ७ सदस्यीय मेलमिलाप समिति गठन गरिएको वडा अध्यक्ष खिमराज सापकोटाले वताए ।

त्यसैगरि युवाहरुको विभिन्न क्षेत्रमा रहेको क्षमता प्रस्फुटन गर्ने वातावरण सृजना गर्ने उद्देश्यका साथ १५ सदस्यीय युवा तथा खेलकुद समिति गठन गर्ने भेलाले निणर्य गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *