राप्रपा अध्यक्ष थापाव्दारा उपाध्यक्ष र महामन्त्री सहित २७ जना पदाधिकारीहरु मनोनित !

काठमाडौ २०७३ फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान अनुसार २७ जना पदाधिकारी मनोनित गरेका छन् ।
मनोनित हुने ६ उपाध्यक्षहरुमा दिपक बोहरा, राजिव पराजुली, बुद्धिमान तामांग, टंक ढकाल, बिक्रम पाण्डे र रामचन्द्र राय रहेका छन् ।

यसैगरी महामन्त्रीहरुमा ध्रुव बहादुर प्रधान, राजेन्द्र लिंगदेन, डा. धवल शमसेर राणा, जयन्त चन्द र सुनिल बहादुर थापा मनोनित भएका छन भने कोषाध्यक्षमा उद्धव पौडेल, प्रवक्तामा, रोशन कार्की, सुशील कुमार श्रेष्ठ र भूवन पाठक मनोनयन भएका छन् ।

यसैगरी सहमहामन्त्रीहरु चार जनामा हेमजंग गुरुंग, निलकण्ठ काफ्ले, राम थापा र चन्द्र बहादुर गुरुंग रहेका छन् । सहायक महामन्त्रीहरु ६ जनामा बृजलाल यादव, कुन्ती कुमारी शाही, मनोज प्रधान, राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्र प्रसाद श्रेष्ठ मनोनयन भएका छन् ।

सहायक प्रवक्तामा मोहन श्रेष्ठ र सहायक कोषाध्यक्षमा गिरीधर परियार मनोनित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *