जैमिनी नगर चेम्बरको अगुवाईमा कुस्मीसेरा बजार सरसफाइ

सन्ध्या आचार्य, कुस्मीसेरा २०७५ भदौ २ । जैमिनी नगर चेम्बर अफ कमर्सले शनिवार बिहान कुस्मीसेरा बजारमा सरसफाइ गरेको छ ।

सो अभियान अन्तरगत कुस्मीसेरामा रहेका नाली तथा निकाशको सरसफाइ र आवश्यक मर्मत गर्ने, बजार तथा चोकमा सफाइ गर्ने कार्य गरिएको जैमिनी नगर चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु आचार्यले जानकारी दिए । सरसफाइ अभियानमा अध्यक्ष विष्णु आचार्य, शुभेक्षा एफ एमका प्रवन्धक सुजन प्रेमी, ग्लोवल आइएमइ कैंकका शाखा प्रवन्धक प्रकाश शर्मा, बजारबासीहरु लगाएतका महानुभावहरुको सहभागिता रहेको थियो ।

अव हरेक शनिवार सरसफाइ लगाएत केही न केही कार्य गर्ने र आ आफ्नो ठाउँमा आफैले सफा गर्नुपर्ने जैमिनी नगर चेम्बर अफ कमर्सका अध्यक्ष आचार्यले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *