कुस्मीसेरा ठेउले जलविद्युत आयोजनाको बाँधमा बालिकाको बेवारिसे शव फेला !

सुजन प्रेमी बागलुङ कुस्मीसेरा २०७५ भदौ २ । जैमिनी नगरपालिकाको ठेउलेखोलामा एक बालिकाको वेवारिसे शव फेला परेको छ । शनिवार दिउसो ४ बजेतिर बागलुङको जैमिनी नगरपालिका १ र ४ को संगमस्थल ठेउले जलबिद्युत आयोजनाको बाँधमा अन्दाजी ६÷७ महिनाको शव फेला परेको प्रहरी चौकी कुस्मीसेराका प्रहरी प्रमुख रत्न बहादुर विकले जानकारी दिए । शव ड्यामको जालीमा अड्केको अवस्थामा हाइड्रोका कर्मचारीले देखेपछी प्रहरीलाइ खबर गरेका थिए ।

खबर पाएलगतै प्रहरीले घटनास्थलमा पुगी प्रहरीले शवको निरीक्षण गरेको थियो । शव कुहिएर सडेको पाइएपछी जिल्ला प्रहरी कार्यलयमा जानकारी गराइएको र जिल्ला प्रहरी कार्यलय बागलुङकै आदेश अनुसार स्थानिय जनप्रतिनिधी, वडाध्यक्ष र नगरपालिकाको उप प्रमुख सहितको रोहवरमा प्रहरीले मुचुल्का उठाइ शवलाइ सतगत गरिएको प्रहरीले. जनाएको छ ।

शव के र कसरी त्यहाँ आइपुग्यो भन्ने जानकारी नभएको र अहिलेसम्म कसैको बालिका हराएको तथा अप्रिय घटना भएको भन्ने जानकारी नआएको प्रहरी प्रमुख विकले बतााए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *