सामाजिक सुरक्षा राहत रकम प्रदान

बागलुङ २०७५ भदौ २ । निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले सामाजिक सुरक्षा राहत रकम प्रदान गरेको छ । सहकारी संस्थाले शेयर सदस्य चिरन्जीवी केसीकी आमा भद्रकली केसीको निधन भएकोमा राहत प्रदान गरेको हो । संस्थाका पदाधिकारीहरुको टोलीले बानपा ११ राय“डाडाको रामतोला स्थित घरमै गएर राहत रकम हस्तान्तरण गर्नुका साथै शोक सभा गरेको छ । संस्थाका अध्यक्ष नारायण पौडेलले स्वर्गिय जिसीका आफन्तलाई नगद पाच हजार रुपैय“ा राहत प्रदान गरेका थिए ।
राहत रकम प्रदान गर्दै अध्यक्ष पौडेलले, केसीको निधनले समाजमा अपुरणीय क्षेती पुगेको बताउनुभयो । उहाले यस शोकाकुल घडीमा शोक सन्तप्त परिवार प्रति धौर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना व्यक्त गरेका थिए ।

राहत हस्तान्तरण कार्यक्रममा बानपा ११ का वडा अध्यक्ष एवं संचालक समिति सदस्य ज्ञानेन्द्र गौतम, ऋण समिति सदस्य चित्रबहादुर केसी, शिक्षा समिति सदस्य नारायण पौडेल,प्रवन्धक डिल्लीप्रसाद शर्मा, शेयर सदस्य केदार आचार्यले भनाइ राखेका थिए ।

यसैगरि आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले समेत राहत प्रदान गरेको छ । शेयर सदस्य चिरन्जीवि केसीकी आमा भद्रकली केसीको निधन भएको प्रति शोक सभा गरि राहत प्रदान गरेको छ । संस्थाका लेखा समिति संयोजक मिनबहादुर केसी मिलन ,शेयर सदस्य एवं वडा अध्यक्ष ज्ञानेन्द्र गौतम र नारायण पौडेलले नगद पाच हजार रुपैया राहत प्रदान गरेका हुन । केसीको ९७ बर्षको उमेरमा निवासमा निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *