नेपाल महिला संघ गल्कोट नगरपालिकाका सबै वडाहरुमा समिति गठनको अभियानमा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ २ । नेपालको सबैभन्दा पुरानो संगठन नेपाल महिला संघको निरन्तरताका लागी महिलाहरु अग्रसर बन्नुपर्ने नेपाल महिला संघ गल्कोट नगर अध्यक्ष मीना श्रेष्ठले बताएकी छन् ।

नेपाल महिला संघ गल्कोट नगर समितिले नरेठाँटीमा आयोजना गरेको समिति गठन कार्यक्रममा बोल्दै श्रेष्ठले सो विचार व्यक्त गरेकी हुन् । उनले नेपाली काग्रेसको मेरुदण्डको रुपमा रहेको महिला संघ पछिल्लो समयमा कमजोर बन्दै गएको भन्दै महिलाहरुलाई सुसूचित बनाई अगाडि बढाउनुपर्नेमा जोड दिईन् । गल्कोट नगरपालिका भित्रका महिलाहरुमा राजनैतिक ज्ञान कम भएको भन्दै समावेशी तरिकाले आगामि दिनमा संगठनलाई मजबुत बनाउदै लैजानुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा गल्कोट नगरपालिका २ नरेठाटीका वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्त, वडा सदस्य घनश्याम कुबर, नेपाल महिला संघ गल्कोट नगरपालिका वडा नम्बर ३ की अध्यक्ष लक्ष्मी खड्का, दुर्गा कुमारी भण्डारी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रम दुर्गा कुमारी भण्डारीको अध्यक्षता, गीता शर्माको स्वागत मन्तब्य र नेपाल महिला संघ गल्कोट नगर समिति सचिव बिष्णु बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपाल महिला संघले नगरपालिका भित्रका प्रत्येक वडाहरुमा समिति बिस्तार गर्ने अभियान अन्तर्गत आज वडा नम्बर २ नरेठाटीमा दुर्गा देवी भण्डारीको अध्यक्षतामा २९ सदस्यीय समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुशिला खत्री, सचिवमा बिष्णु बिक, मनोनित सचिवमा कोपिला खत्री, कोषाध्यक्षमा गीता सापकोटा गैरे रहेका छन् । कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *