बुद्ध माबि भिङखालको व्यवस्थापन समिति गठन अध्यक्षमा पुन खत्री चयन !

दिनेश शर्मा, बागलुङ (भिङगिठे) २०७५ भदौ २ । बुद्ध मा बि बडीगाड ६ खालमा शुक्रबार बिद्यालय ब्यवस्थापन समिती गठन भएको छ।

ब्यवस्थापन समिती अध्यक्षमा पुन वीर बहादुर खत्री चयन भएका छन्। यस अगाडि लामो समयदेखी खत्रीनै बि ब्य स अध्यक्षमा रहदै आएका छन्।

ब्यवस्थापन समितीको सदस्य हरुमा भने क्षेत्र प्रसाद श्रेष्ठ, जित बहादुर सुनार, साबित्रा खत्री, शिक्षक प्रतिनिधि महानन्द घिमिरे, पदेन सदस्यको रुपमा वडाध्यक्ष्य मौसम काजी क्षत्री ,सदस्य सचिबमा प्र अ कमल बहादुर अधिकारी, बिद्यार्थी प्रतिनिधि पदम थापा र बिना श्रीस लगायत रहेका छन्।

उक्त अवसरमा मेहरसिँह के सीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *