राज्यलाई जवाफदेही बनाउने कर्तव्य पत्रकारको भएकाले निडर भएर कलम चलाउन मन्त्री लम्सालको आग्रह !

कोपिला कंडेल, बागलुङ भदौ १ । गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले बिकास र सम्मृद्धिका लागि सरकार जिम्मेवार रहेको बताएका छन् ।

बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिक पत्रिकाको १५ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बागलुङको समृद्धिको यात्रा बिषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले यहांको बिकास र सम्मृद्धिको आधार पर्यटन र कृषि भएको दाबी गरेका थिए । जिल्लामा पर्यटन कृषि र उर्जा लगायतको राम्रो सम्भावना रहेको भन्दै मन्त्री लम्सालले यहां भएको सम्भावित बिकास निर्माणका पुर्वाधारलाई प्रदेश संग जोड्नु पर्नेमा जोड दिए । सरकार निरंकुशता तर्फ उन्मुख भएको भन्ने बिपक्षी दलको टिप्पणी शतप्रतिशत गलत भएको धारणा ब्यक्त गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलन कहिल्यै निरंकुशता बाट अगाडी नबढेको बताए ।

मन्त्री लम्सालले लोकतन्त्र र प्रजातन्त्रलाई स्थापित गर्न सरकार निरन्तर खटिने बताए । उनले राज्यलाई जवाफदेही बनाउने कर्तव्य पत्रकारको भएकाले निडर भएर कलम चलाउन आग्रह समेत गरे । देशमा आएको ठुलो राजनीतिक परिवर्तन पछि आर्थिक अवस्था कमजोर हुँदा पनि स्मार्ट शासन प्रणाली लागु गरिएको उनको भनाई थियो । लोकतन्त्रलाई बलियो बनाउन, प्रजातन्त्रलाई संस्थागत गर्न र समृद्धिको यात्रामा जनताको सहभागीताबाटै जनताको भविष्य स्थापित गर्ने कुरामा सरकार बिचलित नभएको पनि लम्सालले बताए ।

कार्यक्रममा प्रदेशसभा सांसद इन्द्रलाल सापकोटा, कृष्ण थापा, जिल्ला समन्वय समितिका सभापति राजेन्द्र ढुंगाना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, जैमुनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, कलाकार बिष्णु खत्रि र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बार्षिकोत्सवको अवसरमा पत्रिकाले गत बर्ष उत्कृष्ट काम गरेको भन्दै तारानाथ आचार्यलाई नगद १० हजार ५ सय रुपैँयाका साथ प्रमाणपत्रले सम्मान गरेको हो । यस्तै कलाकार बिष्णु खत्री, स्तम्भकार डिल्लीराज गौतम, समाचार सहयोगी राजेन्द्र ढकाल विज्ञापनदाता एन्जिल शाक्यलाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा लोक तथा दोहोरी गायक बिष्णु खत्रीले सहभागीलाई गीत सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको अध्यक्षता, कार्यकारी सम्पादक रामकृष्ण बोहोराको स्वागत र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *