चर्चामै छ, धौलागिरी अन्चल अस्पताल ….!

बागलुङ २०७५ भदौ १ । प्रसुती प्रकरणको चर्चा सेलाउन नपाउँदै धौलागिरी अन्चल अस्पताल अहिले सूचना प्रकरणले चर्चामा छ । भदौ १ गतेको पूर्व सन्ध्यामा अस्पताल प्रशासनले अस्पताल हातामा सबैले देख्ने गरी ‘यस धौलागिरी अन्चल अस्पताल भित्र फोटो तथा भिडियो खिच्न अस्पतालको पूर्व स्वीकृति बिना मनाही छ ।’ भन्ने सूचना जारी गरेपछी अस्पताल प्रति केहि टिप्पणी सामाजिक सन्जालमा आएका छन् ।

धौलागिरी अन्चल अस्पतालको भवन निर्माणाधीन अवस्थामै रहेको अवस्थामा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अस्पतालको अघिल्लो भागको हतारहतार रंग रोगन लगाएर उद्घाटन गरेदेखी नै अस्पताल कुनै न कुनै कुराले चर्चा परिचर्चामा आउने गरेको छ । अस्पतालका भवनहरु अझैसम्म पनि बनेका छैनन् । त्यतातिरपनि चर्चा हुने गरेको छ ।

आज देखी मुलुकमा लागु हुने नयाँ मुलुकी संहितामा बिना अनुमती फोटो खिच्न नपाईने भन्ने विषयलाई लिएर अस्पताल प्रशासनले यस्तो सूचना जारी गरेको हो कि ? केहि समय देखी अस्पतालको नकरात्मक कुराहरु मात्र बाहिर आएको हुनाले यो सूचना प्रकाशित गरिएको हो ? भनी अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमसंग जानकारी लिन खोज्दा, उनले, माथी उल्लेखिन दुबै कारणले यो सूचान प्रकाशित नगरिएको प्रष्ट पारे । उनले भने, ‘केहि समय यता अस्पताल परिसरमा .म्यूजिक भिडियो खिच्ने, बृत्त चित्र बनाउनेहरुबाट अस्पतालका बिरामीहरुलाई डिस्टर्भ भएको, बिरामी जाँच गर्दा डाक्टर बिरामीहरुलाई समस्या परेकोले पूर्व जानकारी गराई समय मिलाएर गर्नका लागि पूर्व अनुमति लिएर कार्य गर्न सूचना प्रकाशित गरिएको हो ।’

अस्पतालका विभिन्न गल्तीहरु बाहिर आउन थालेपछी यस्तो सूचना प्रकाशित गरिएको भन्ने सामाजिक सन्जालहरुमा अभिव्यक्ति आएको छ नि भनिरहँदा उनले भने- ‘होईन ।’ सबै विषयलाई नकरात्मक हिसाबले लिईदिनु भएन भन्दै साउन महिनामा अस्पतालमा शल्यक्रिया गरी ७ जना महिलाहरुलाई प्रसुती गराईएको छ, त्यसको समाचार प्रकाशमा आएन, सिगानाकी एक जना महिलाको यहाँ डेलिभरी गराउन नसकिने अवस्था भएपछी पोखरा रिफर गरिएको थियो, त्यस्लाई लिएर अनेक किसिमका टिप्पणी गरेर अस्पतालको छवि बिगार्ने काम भयो ।’

गाईनो विषयकी महिला डाक्टर नहुँदा निलगिरी अस्पतालकी डा लक्ष्मी गौतमलाई करारमा लिएर सेवा लिईएको थियो । असार महिनामा उहाँको म्याद सकिएपछी बिभागले उहाँको म्याद थपिदिएको छैन । अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा निरन्जन अर्यालको म्याद पनि असार मसान्तमा सकियो तर अहिले सम्म उहाँको म्याद थपिएको छैन । डाक्टरहरुको यहाँ सेवागर्ने चाहना हुँदाहुँदै पनि म्याद सकिएपछि डाक्टर अस्पताल आउने कुरा त भएन नि । डाक्टर साहब (डा. सागर राजभण्डारी)ले मन्त्रालयमा गएर म्याद थप गरिदिन अनुरोध गर्नु भएको छ । यस तर्फ पत्रकारहरुले दबाब दिनु प-यो, सांसदज्यूहरुले दबाब दिनु पर्छ । अस्पताल विकास समित भंग भएको अवस्था छ । सांसद, पत्रकार, नागरिक समाज सबैको समन्वयमा अस्पतालको सेवा व्यवस्थित बनाउन प्रयास गरौँ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *