म्याग्दी जिविसमा तालाबन्दी: राजीनामा दिएर दलविहीन गाविस घोषणा गर्ने चेतावनी !

म्याग्दी, २०७३ फागुन २० । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्ने तीब्ररुपमा तयारी गरिरहेको अवस्थामा म्याग्दीमा प्रस्तावित गाउपालिकाको केन्द्रलाई लिएर केहि गाउँपालिकावासी आन्दोलनमा उत्रिएका छन् । उनिहरुले स्थानीय तह पुनसंरचनाका क्रममा प्रस्तावीत दुई वटा गाउँपालीकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दी गरेका छन् । उनिहरुले आफना माग सम्वोधन नभए पार्टीबाट राजीनामा दिएर दलविहीन गाविस घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालिका संघर्ष समितिले अर्को ताला लगाएका हुन् ।

संघर्ष समितिले गाउँपालीकामा समेटिएका गाविसको कामकाज ठप्प पार्ने, दरवाङ मुना सडकको ताकम खण्डमा चक्काजाम गर्ने, यथास्थितीमा चुनाव भए बहिस्कार गर्ने, दल र भातृ संगठनबाट राजीनामा दिएर दलविहीन गाविस घोषणा गर्ने चेतावनी दिएका छन् ।

तालाबन्दीका कारण जिविसको विकास निर्माण सम्बन्धि कामकाज र अन्य सेवा प्रवाह ठप्प भएको छ । जिल्ला परिषद्को तयारीका लागि विषयगत समितिको बैठक समेत अन्य कार्यलयमा बसेको छ । जिविसका कर्मचारी दिनभर कार्यलय परिसर बाहिर बसेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *