दुवई भ्रमणका केही किस्सा

—भानु रोशन राजभण्डारी

जा“दा अध्यागमनमा डलर देखाउन भनियो । घुम्न जान लागेकोले खर्चको ब्यवस्था गरिएकै थियो । तर पनि पैसा देखाउने पर्ने यो कुरा सहज लागिरहेको थिएन । यस्सो सोचें नेपाल आउने कति पर्यटकलाई यो खर्चको कुरा अध्यागमनका कर्मचारीले सोधेका होलान् ? हाम्रो देशमा आउने पर्यटकको क्रय शक्तिको विषयमा लेखाजोखा गर्ने कसले हो ? विश्वमा सस्तो गन्तब्यको रुपमा चिनिएको हाम्रो देश नेपालमा आउने अधिकांश कमसल प्रकृतिका पर्यटकले हाम्रो अर्थतन्त्रमा कस्तो टेवा पुग्ने हो सोच्नै पर्ने बेला आएको छ ।

ए्क लाख असी हजार किलोमिटर गुडिसकेको ल्याण्डक्रुजर गाडी हेर्दा नया“नै देखिन्थ्यो । चालकले एउटा रेष्टुरा अगाडी गाडी रोके, सोचें खाजा केहीको अर्डर गरे होलान् । उनले चिया मगाएका रहेछन् मात्र आफ्ना लागी । चिया पियर हिंड्ने होलान् भनेको त चल्ते गाडीमा चिया पिउनु उनको लागी सामान्य रहेछ । करिव १८० प्रति घण्टाको रफ्टारमा हइुकिरहेको गाडीमा उनले निस्फीक्री चियाको चुस्की लिंदै थिए । घुम्तीमा पनि स्पीड कमको गुन्जायस थिएन, उही रफ्तार उही गति । मैले सोचें यहि हरकत महाशयले काठमाण्डौमा गरेको भए ? महाशयको चिया र चिया खाने मुखको हालत के हुन्थ्यो होला ??
‘दुवई’ को अर्थ बन्जर सुक्खा उजाड भूमिमा रहेको झुण्ड झुण्ड बस्ती भन्ने अर्थ लाग्दो रहेछ । जता हेरे पनि छ त त्यहि समुन्द्र र बालुवा । र पनि जे छ त्यसलाई भरपुर उपयोग गरिएको छ । समुन्द्र पुरेर समुन्द्री ततमा आलिसान महल बनाएर ब्यापारिक प्रयोजनका लागी प्रयोग गरिएको छ । अनेक प्रविधिको प्रयोग गरेर ठाउ ठाउमा हरियाली बनाईएको छ । सानो जग्गामा पनि सत्तरी असी तले आलिसान भवनहरु । जन्मदै सुन्दै आएको हो वालुवाको पनि घर हुन्छ ? भनेर तर गरे नहुने के रहेछ बनाए त बालुवामा पनि सयौं तला घर बनाउन सकिंदो रहेछ छ । घर बनाउने तरिका त यहा“ र त्यताको उस्ता उस्तै हो रहेछ । दिवालमा ब्लकको प्रयोग गरिदो रहेछ । सबै काम ठूला ठूला क्रेनको मद्दतले गरिने रहेछ ।

दुवईको आधुनिक इतिहास जम्मा जम्मी करिव ५० बर्षको छ । यो समयावधिमा विश्वलाई चुनौटी दिन सक्ने भौतिक संरचना देखि अर्थतन्त्रको विकाश भएको छ । तेल नै अर्थतन्त्रको मुल स्रोत भएपनि पर्यटन यसको अभिन्न हिस्सा हो । बर्र्षै पिच्छे लाखौं पर्यटकहरुले दुवईको भ्रमण गर्दछन् । आधुनिक दुवईको डिजाइन ब्रिटिसहरुले गरेका हुन् भवनहरुको डिजाइन इजिप्सीयनहरुले गरेका हुन् । यसको निर्माणका लाग्ने अधिकांश कामदार नेपाली, वंगलादेशी, भियतनामी र भारतीयहरुको नाम अग्रभागमा पर्ने रहेछ । अझैपनि विकाश निर्माणको काम ठाउ“ ठाउ“मा दतारुकताका साथ गरिरहेको देखिन्छ । यसको रफ्तार हेर्दा दुवईको आवादी क्षेत्र करिव १० बर्षमा दवल हुनेमा शंका छैन ।

सडक गल्ली जहा सुकै जानुहोस् प्रहरी देखिंदैन न त सडककमा ट्राफिक प्रहरी । प्रविधिले सुसज्जीत छ दुवई । तपाईको हरेक गतिविधि क्यामेराले कैद गरिरहेकै हुन्छ । ट्राफिक ब्यवस्थापन एकदमै ब्यवस्थीत छ । सवै सडक र गाडीको अवस्था राडारको माध्ययमबाट नियन्त्रण गरिएको छ । एकदमै अनुशासित पैदल यात्री देखि लिएर सवारी साधन सवै ट्राफिक नियमकै भरमा चल्ने । सडक, भुमिगत सडक, आकाशे मार्गवाट तेज रफ्तारमा चल्ने असंख्य गाडी भएपनि सवै नियमले बा“धिएका ।

भ्रमणको प्रमुख आकर्षण रह्यो ‘डेजर्ट सफारी’ अर्थात मरुभुमी सयरको । शहरबाट करिव डेढ घण्टाको सफरमा ल्याण्ड क्रुजर गाडीबाट हामीलाई मरुभुमि तर्फ लगियो । मरुभुमिमा पुगेपछि चालकले गाडीको टायरको हावा कम गरे अनी हामीलाई सिट बेल्ट बा“ध्न भनियो अनि शुरु भयो डेजर्ट सफारी । जता हेरे पनि वालुवा नै बालुवा । वालुवाका पहाडहरुमा सातो नै उड्ने गरी गाडी उकाल्ने ओराल्ने र कुडाउने यहि रहेछ डेजर्ट सफारीको मजा । त्यस्तो कहिल्यै नदेखेको मरुभूमिको पहाडबाट गाडी सिधै तल झार्दा त सातै जाने त्यो पनि एकदम तेज गतिको रफ्तारमा । टेलिभिजनमा कुनै विज्ञापनमा देखेको दृष्य आफैले अनुभव गर्न पाईयो । तर यस्तो खतरनाक सफरीमा ट्राभल मेनेजरले आउने पर्यटकको उमेर अवस्थाको ख्याल गर्नै पर्ने जस्तो लाग्यो । अलि कमजोर आ“ट भएकाहरु त त्यहीं सिताराम हुन के पो वेर ?

मरुभूमिमा उछाल पछार पछि हामीलाई एउटा क्याम्पमा लगियो । त्यस्तो निर्जन मरुभूमिमा वरिपरि ठूलो टेण्ट लगाएर घेरिएको थियो । विचमा आकर्षक स्टेज र वरिवरी डाइनिङ टेवल सहितका चकटीहरु । कुर्सीको ब्यवस्था थिएन । निर्धारित कार्यक्रम अनुसार सांस्कृतिक कार्यक्रमका साथै रात्रिभोजको कार्यक्रम थियो । सांस्कृतिक कार्यक्रममा देखाइएको बेली डान्स, फायर डान्स निकै आकर्षक थियो । साथमा अरवी परिकारको स्वाद ।

वई भ्रमणका लागी एक सुरक्षित गन्तब्य हो । तपाई जहा“ पनि आनन्द पुर्वक डुल्न सक्नु हुन्छ । चोरी, ठगीको सम्भावना एकदमै न्युन छ । कतै जान ट्याक्सी चढ्नु प¥यो भने ड्राइभरले अनावस्यक घुमाउला कि ? धेरै पैसा लेला कि ? भन्ने सुर्ता नलिए पनि हुन्छ । दुवईमा पाकिस्तानीहरुको जनसंख्या वीस प्रतिशत छ भने भारतीयहरुको चौध प्रतिशत । जता गएपनि धेरै जसो भारतीय ब्यापारीहरुको वोलवाला देखिन्छ । अधिकांश खपत हुने सामानहरु पनि भारतिय ब्राण्डकोनै । कतिपय भारतिय ब्यापारीहरुले मुल सडकमा बसेर ग्राहक बोलाएर भित्रि गल्लीका आफ्ना “पसलमा लाने र भनेको मुल्यमा खरिद गर्न नचाहेमा अभद्र ब्यवहार पनि गर्दा रहेछन् । जे होस् ठाउ“ हेरी भरपुर मोलमलाइ गर्न मिल्ने रहेछ ।

दुवइमा नेपालीहरुको संख्या राम्रै देखिन्छ । जुनसुकै स्टोर, रेष्टुरा, होटल जहापनि नेपाली कामदार भेटिन्छ । बाटोमा पनि नेपाली बोल्दै हिंड्नेहरुको झुण्ड धैरै भेटिन्छ । तर नेपाली भएपनि नेपाली कामदारहरु नेपाली भनेर चिनाउन त्यति इच्छुक भएको पाइएन । दुवईलाई यो उचाइमा पु¥याउन नेपाली श्रमिकहरुको ठूलो हात छ ।

राजतन्त्रात्मक मुस्लिम देश भएपनि दुवई उदारिकरण र विकाशको हिसावले अग्रस्थानमा छ । आखिर कुनै पनि शासन प्रणाली भन्दा पनि शासकको सोच र लगावले देशको विकाश ह“दो रहेछ भन्ने दुवइृको मुहुारले प्रतित हुन्छ ।

सम्पर्कै ९८५११४८३३१

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *