निसीखोलाका मानबहादुर शाहीलाई बहराईनबाट रु १० हजार सहयोग !

बहराईन २०७५ साउन ३१ । बहराईन स्थित बागलुङ सेवा समाज बहराईनले हिँजो विहान पहिरोमा घर भत्किएर पुरिएर निसीखोला गाउपालिका ३ का मानबहादुर शाहीकी श्रीमती दिलकुमारी शाही र बुहारी डल्ली शाहीको मृत्यु भएकोमा दु:ख एवं श्रद्धान्जलि व्यक्त गर्दै तत्काल राहत स्वरुप रु १० हजार ४ सय निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलको नाममा नेपाल पठाएको जनाएको छ ।

समाजका महामन्त्री भोवबहादुर कुँवरले दिएको जानकारी अनुसार सो रकम आजै आईएमई बाट नेपाल पठाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *