बहुमतको आडमा बागलुङ वार एशोसियसनको फर्जी काम !

बागलुङ २०७५ साउन ३१ । बागलुङ उच्च अदालत वार एशोसियसनले यहि साउन २५ गते गरेको अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचनलाई नेपाल वार एसोसियसनले एशोसियसनकोे विधान अनुसार निर्वाचन समितिबाट निर्वाचन प्रक्रिया नै पूरा नगरी निर्विरोध निर्वाचित भएको व्यहोराको साउन २७ गतेका मितिमा प्रकाशित गरेको सूचनालाई एशोसियसनले अवैध ठहयाएको छ ।

एशोसियसनले अर्को व्यवस्था नभएसम्म केशवराज पराजुली नेतृत्वको निवर्तमान कार्यसमितिलाई नै काम गर्न जिम्मेवारी दिएको छ ।

स्मरणीय के छ भने बागलुङमा प्रजातान्धिक र वाम समुहले पालै पालो नेतृत्व लिने सहमति अनुसार निर्विरोध गठन हुने परम्परा रहि आएको थियो । वाम एक ठाम भएपछी बहुमतको घमण्डले चूर बनेको वाम समूहले यस पटक नेतृत्व गर्ने पालो प्रजातान्त्रिक समूहको हुँदाहुँदै वाम समुहले आआफु बसेर अधिवक्ता हरिप्रसाद पौडलेलको अध्यक्षतामा निर्विारोध समिति गठन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *