नेपाल रेडक्रस भिङगिठे उपशाखाको अधिवेशन सम्पन्न, सभापति अधिकारी चयन

बागलुुङ २०७५ साउन ३१ । नेपाल रेडक्रस भिङगिठे उपशाखाको दोश्रो अधिवेशन बडीगाड ७ भिङगिठेमा सम्पन्न भएको छ । भिङगिठे उपशाखाका सभापति कमलबहादुर अधिकारीको अध्यक्षतामा बुधवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाकी उपमन्त्री गण्डकी थापाको प्रमुख आतिथ्यता, बडीगाड गाउपालिका ७ र ६ वडाका अध्यक्षहरु क्रमश कृष्ण गुरुङ र मौसमकाजी क्षेत्रीमा उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन सचिव मायाँ केसीले गरेकी थिईन् ।

बुधवार सम्पन्न अधिवेशनले पुन कमलबहादुर अधिकारीकै सभापतित्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिमा हितबहादुर थापा, मायाँ केसी, कृष्ण भट्टराई, दिपेन्द्र केसी, पदम बिक, पार्वती केसी, सुमित्रा केसी र रिता केसी निर्विराध सदस्य चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *