हावाहुरीले थुप्रै विद्यालयको छानो उडायो : जिशिअ भन्छन- ‘मर्मतको बजेट छैन !’

बागलुङ २०७३ फागुन २० । फागुन १९ गते बिहीवार दिउसो एकैछिनको भीषण हावाहुरीले बागलुङ जिल्लाका विभिन्न विद्यालयहरु छाएको टिन –जस्ता पाता) को छानो उडाएर लाखौँको नोक्सान पुराएको छ । हावाहुरीले पाक्न लागेको खाद्यान्न बालीमा समेत नराम्रो क्षेती पुगेको जिल्लका विभिन्न भागका किसानहरुले जानकारी दिएका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार भिमापोखरा–४ सिरसिरेमा रहेको जनकल्याण माध्यमिक बिद्यालयको माथिल्लो भवनको टिनको छाना उडाएको छ । कक्षा ११ र १२ का लागि निर्माण गरिएको भवनको जस्ता पाताले छाएको छानो हुरीले पुरै उडाएको बिद्यालयले जनाएको छ ।

हुरीले दक्षिण क्षेत्रमा रहेको धुल्लुबास्कोट स्थित धुल्लु लिमुवा माविको बिद्यालय भवनको छानो उडाएको छ । बिद्यालयको दुई कोठे भवनको छानो उडाए पछि शुक्रवारदेखी पठन पाठनमा समस्या सिर्जना भएको छ स्थानीयले बताएका छन् ।

लेखानी स्थित कादेश आधारभूत निम्न माध्यमिक बिद्यालयको छानो पनि उडाई दिएको बिद्यालयले जनाएको छ ।

भवनको छानो उडाएका बिद्यालयहरुले जिल्ला शिक्षा कार्यालय बागलुङमा जानकारी समेत गराएका छन् । बिद्यालय भवनका साथै जिल्लाको धुल्लुबास्कोट, भिमापोखरा, धम्जा, तंग्राम, पाला लगायतका गाविसहरुमा व्यक्तिहरुका घरको छानो पनि उडाएको छ । यसका साथै हावाहुरीले बालीनालीमा पनि ठुलो क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिशिअ मिश्र भन्छन- ‘मर्मतको बजेट छैन, शिक्षा बिभागमा माग गर्छौं !’

वाहुरीले जिल्लाका केही बिद्यालयको कर्कट पाताले छाएका भवनहरुको छानो उडाएको जानकारी प्राप्त भएको उल्लेख गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले क्षतिग्रस्त भएका भवनको मर्मतका लागि बजेट नभएको बताए । बिगतका बर्षमा क्षत्रीय शिक्षा निर्देशनालयले बजेट राख्ने गरे पनि अहिले मर्मतका लागि बजेट नराखेकाले शिक्षा बिभागमा कुरा गरेर मर्मतका लागि बजेट माग गर्ने बताएका छन् ।

यसैवीच छिमेकी जिल्ला म्याग्दीमा हावाहुरीले विद्यालयको छानो उडाउँदा भकिम्ली–२ डोलेस्थित मुसुङडोले निमाविमा तीन जना विद्यार्थी घाइते भएका छन् ।
बिहीबार दिउँसो आएको हावाहुरीका कारण कक्षा ४ मा अध्ययरत अनिशा बिक, स्मृति बिक, सुस्मिता नेपाली र विजिता बिकलाई चोट लागेको विद्यालयका प्रधानध्यापक शेरबहादुर बिकले बताए ।

हुरीले छानो उडाउन थालेपछि भाग्ने क्रममा र कक्षा कोठाभित्र घाइते भएका विद्यार्थीलाई भकिम्ली स्वास्थ्यचौकीमा उपचार गरी परिवारको जिम्मा लगाइएको विद्यालयले जनाएको छ ।

हावाहुरीबाट विद्यालयका दुईवटा कोठाको छानासहितको संरचनामा क्षति पु¥याउँदा झण्डै २ लाख बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ । हावाहुरीका कारण पखेर प्रावि विद्यालयमा समेत क्षति पुगेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *