गुल्मी दरबारको राजा भन्ने स्थानमा जीप दुर्घटना हुँदा ७ जना घाईते !

प्रेम सुनार, गुल्मी, २०७५ साउन ३० । अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को राजा भन्ने स्थानमा बसले ठक्कर दिदाँ जिपमा सवार ७ जना घाईते भएका छन । तम्घासबाट बुटवलबाट जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै जाँदै गरेको लु १ ख ८३७७ नम्वरको बस एक अर्कामा सामन्य ठोकिएको र विपरित दिशाबाट आउँदै गरेको जिपलाई फेरी पछिल्लो बसले ठक्कर दिदा जिपमा सवार ७ जना घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले दिएको जानकारी अनुसार सामन्य घाईतेको राजास्थित स्वास्थ्य चौकीमा उपचार गराईएको खड्काले बताए । ठक्करबाट वस र जिपको सिसा लगायमा क्षति भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *