प्रजिअ खरेलको टोली घटनास्थल पुग्दै, पहिरोमा पुरिएकी सासूको शव भेट्टियो, बुहारीको खोजी जारी !

कमल पौडेल, बागलुङ २०७५ साउन ३० । अबिरल वर्षाबाट पुगेको क्षतीको निरीक्षण अवलोकनमा गएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोली अहिले भरखर बुर्तिवाङ पुगेको छ । टोलीमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी, बिहुँ घोँडाबाँधे स्थित नेपाली सेनाको अर्जुनवाण गणका गणपति भुवनराज देवकोटा, जिल्ला वन कार्यालयका प्रमुख बिशाल घिमिरे, जिल्ला प्रशासन कार्यालयका जग्गुलाल पाण्डे सहितको टोली भरखर बुर्तिवाङ पुगेको हो ।

अविरल वर्षा र पहिरोबाट ठाउँठाउँमा बिग्रिएको मध्यपहाडी लोकमार्ग नेपाली सेनाको टोलीको सक्रियतामा खोलिएको छ । सेनाको टोलीले अघीअघी लोकामार्गको अवरोध हटाउदै गरेपछी टोली बुर्तिवाङ पुगेको हो ।

गए राति भीषण वर्षा पछी घरमाथी बाट आएको पहिरोमा पुरिएर निसीखोला गाउपालिका-३ मा मानबहादुर शाहीको घरबंगला पुरिएर उनकी श्रीमती दिलकुमारी शाही र बुहारी डल्ली शाही सम्पर्कविहीन अवस्थामा रहेकोमा ५ मिनेट पहिले सासू दिल कुमारी शाहीको शव उद्धारका क्रममा फेलापरेको र बुहारी डल्लीको खोजी कार्य जारी रहेको घटनास्थलबाट सहकर्मी मिलन हमालले जानकारी दिएका छन् ।

उता प्रमुख जिल्ला अधिकारी खरेलले भने अब दुई घण्टा भित्रै घटनास्थल पुग्ने ईबागलुङलाई बताएका छन् । उनले घटना स्थलमा स्वास्थ्य टोली पुगि सकेको र १५ मिनेट भित्र नेपाली सेना र प्रहरीको थप टोली पुग्ने पनि जानकारी दिए ।

अपडेट
सम्पर्कविहीन रहेकी बुहारी डल्ली शाहीको शव उद्धारकर्मीहरुले पहिरोमा पुरिएको अवस्थामा बाहिर निकालेको स्थानीयले जानकारी दिए । सासूको शव निकालिएको केहि समय पछी उनको शव फेला परेको थियो । मृतक दुबैको शवको पोष्टमार्टम गर्ने तयारी भैरहेको पनि श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *