जलेर गम्भीर घाईते बालक प्रति मन्त्रीव्दय ज्ञवाली र बिष्टको ध्यानाकर्षण !

प्रेम सुनार, गुल्मी २०७५ साउन ३० । केहि दिन अघि जलेर गम्भीर घाईते भई यति वेला जीवन मरणको दोसाँधमा रहेको गुल्मीका विपन्न परिवारका एक बालकको उपचार प्रति संघिय सरकारका मन्त्री तथा गुल्मीका दुबै सांसदहरुको ध्यानकृष्ट भएको जनाइएको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर ३ स्थित अति विपन्न भक्तबहादुर कुमालका ४ वर्षिय छोरा उमेश साउन ८ गतेका दिन घरको तलबाट खसेर अगेनामा पकाउँदै गरेको तातो दालमा डुबेर गम्घीर घाईते भएका थिए ।

उनका परिवारजन संग उनको उपचार गर्ने खर्च नभए पछि जिल्ला अस्पताल तम्घासका स्वास्थ्यकर्मीहरु आफैले चन्दा उठाएर उपचार गराई रहेको समाचार बाहिर आए लगत्तै गृह जिल्लाका ती बालकको उपचारका लागि प्ररराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोेजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज बिष्टको ध्यानकृष्ट भएको हो ।

मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपाली र मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीले दुवै मन्त्रीहरुको ध्यानकृष्ट भएको जानकारी दिए । नेपाली र श्रीपालीद्धयले भने–‘ पहिलो कुरा त अस्पतालका स्वास्थ्यकर्कीहरु आफैले चन्दा संकलन गरेर उपचार गराई कल्याणकारी काम गरेको प्रति मन्त्रीज्युहरुले धन्यवाद दिनु भएको छ ।

त्यस्तै ती बालकको थप उपचारका लागि उपयुक्त अर्को अस्पताल कहाँ लैजानु पर्ने हो त्यहाँ उहाँहरुले निशुल्क उपचारका लागि भनि दिनु हुने भएको छ । ’

मन्त्री बिष्टले केहि नगद सहयोग समेत पठाई सकेको स्वकिय सचिव श्रीपालीले बताए । उता ईस्मा गाउँपालिकाको पनि ध्यानकृष्ट भएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । उनले भने–‘ समाचार हेरेर मात्र थाहा पाईयो र पाल्पा उपचार गर्न पठाउनु पर्ने बुझिए पछि तत्काललाई १५ हजार पठाएका छौं, थप सहयोग के कति गर्न सकिन्छ त्यसबारे सल्लाह गर्ने छौं ।’

ती वालकमा रक्त सञ्चारको कमीले उनको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गए पछि पाल्पा पठाउन लागिएको जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेश रायमाझीले जानकारी दिए । उनिहरुको समाचार आए लगत्तै अन्य सर्वसाधरणहरुले पनि आर्थिक सहयोग अभियान सुरु गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *