पहिरोले घरगोठ पुरिदा बेपत्ता भएका सासू बुहारीको खोजी कार्य जारी !

मिलन हमाल, बागलुङ (निसीखोला) २०७५ साउन ३० । गएरातिको वर्षा सँगै आएको पहिरोले निसीखोला- ३ मा धुर्सौला मानबहादुर शाहीको घर बंगालो भत्काउदा घरभित्रै पुरिएका उनकी ६५ वर्षिया श्रीमती दिलकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाहीको अहिले १ बजे सम्म खोजि गर्दा पत्तो लागेको छैन, खोजी कार्य जारी छ ।

गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, जनप्रतिनिधी तथा प्रहरी र स्थानीयवासी घटनास्थलमा उद्धारकार्यमा संलग्न रहेका छन् । पहिरोले पुरिएको घर बंगालोको ढंूगामाटो पन्छाउदै खोजी कार्य भैरहेको छ । तर सासू-बुहारी दुबैको केहि पत्तो लागेको छैन । एउटा बोको भने मरेको अवस्थामा फेला परेको छ ।

गोठ गएका घर धनी मानबहादुर शाही घरमा फर्किएका छन् । उनी गोठ गएको अवस्थामा पहिरोले घर पुरेको हुँदा उनी बाँच्न सफल भएका हुन् । उनका छोराहरु दुर्गा शाही र प्रवीण शाही दुबै नोकरीका लागि भारतमा छन् । दुर्गा शाही पहिरोमा परी सम्पर्कविहीन भएकी डल्ली शाहीका श्रीमान हुन भन कान्छो छोराको बिबाह भएको छैन । पहिरोमा परेर घर पुर्दा बाँच्न सफल भएका ५ वर्षका बिनोद शाही सामान्य अवस्थामा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *