हरिचौरमा जबरजस्ती करणी सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ साउन २९ । टोल टोलमा प्रहरी अभियान २०७५ अन्तर्गत जबरजस्ती करणी सम्बन्धि प्रशिक्षण कार्यक्रम हरिचौरमा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय हरिचौर र सामुदायिक सेवा केन्द्र गल्कोटको सयुक्त आयोजनामा हरिचौरको ठुलाथरमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जबरजस्ीत करणी भनेको के हो, सरोकारवाला निकायको भुमिका, बच्ने उपाय, मुद्दा असफल हुनुको कारण, कार्वा.िही प्रक्रिया लगायतका बिषयमा ईलाका प्रहरी कार्यालयका प्रमुख मन बहादुर बिकले जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधि, युवा, महिला, समाजसेवी गरि करिब ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष छम बहादुर खत्रीको अध्यक्षता र सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रहरी कार्यालयले यस अभियानलाई गल्कोट नगरपालिका भित्रका सम्पुर्ण वडाको टोल टोलमा सञ्चालन गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *