बागलुङको सामुदायिक रेडियो सारथीलाई एफ एम तर्फको संस्थागत पुरस्कार प्रदान !

बागलुङ २०७३ पुस २० । बागलुङ जिल्लाको दगातुंडाडा गाविसको खर्वाङमा सन्चालित सामुदायिक रेडियो सारथीलाई एफ एम रेडियोतर्फ २५ हजार रुपैया राशीको संस्थागत पुरस्कार प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ र शिक्षा बिभागले मंगलबार काठमाडौमा आयोजित समारोहमा रेडियोको प्रमुख बिष्णु भुषाललाई पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी १५ हजार रुपैया राशीको क्षेत्रीय लेखनवृत्ती पुरस्कार म्याग्दीका पत्रकार सन्तोष गौतम सहित अर्घाखाँचीका वीरेन्द्र केसी र रुपन्देहीका जर्नादन पोख्रेललाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

महासंघ र बिभागले राष्ट्रिय, क्षेत्रीय, लेखनवृत्ती र संस्थागत शिर्षकमा आव्हान गरेको शिक्षा पत्रकारीता पुरस्कारका लागि दुई सय पत्रकार र सञ्चार माध्यमहरुले दावी सहित निवेदन पेश गरेका थिए ।

महासंघकी उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा गठीत छनौट समितिको सिफारीरमा ४० पत्रकार र सञ्चार माध्यमलाई पुरस्कार प्रदान गरिएको महासचिव उजिर मगरले जानकारी दिए ।

शिक्षा राज्यमन्त्री धनमाया बिक, शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठ, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, पत्रकारम महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.