बिप्लब बन्दको प्रभाव : बागलुङ बजार बन्द, बुर्तिवाङ, हटिया र कुस्मीसेरा बजार खुल्ला !

कुसुम थिङ, बागलुङ २०७५ साउन २९ । बिप्लब माओवादीले आव्हान गरेको नेपाल बन्दको बागलुङ जिल्लामा आँशिक प्रभाव परेको छ । बागलुङ सदरमुकामका पसलहरु प्राय बन्द रहेका छन । सडकमा स्कूटर मोटर साईकल फाट्टफुट्ट चलेको देखिएपनि अन्य सवारी साधनहरु चलेका छैनन् । पसलहरुपनि सटर केहि माथी लगेर बन्दव्यापार चलिरहेको छ । लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । सदरमुकामका बिद्यालयहरुमा पढाई भएको छैन ।

आफ्नो पार्टीका प्रवक्ता पक्राउ गरिएको विरोधमा बिप्लब माओवादीले आव्हान गरेको नेपाल बन्दमा बागलुङ जिल्लाको बुर्तिवाङ बजार खुलेको छ । सहकर्मी योगेन्द्र विश्वकर्माका अनुसार सवारी साधनहरु चलेका छैनन् ।

बडीगाड गाउँपालिकाको खार र खवाङ बजार खुलेको छ सवारी सााधनहरु सन्चालनमा र शैक्षिक संस्थाहरुमा पठनपाठन भैरहेको सहकर्मी कमल पौडेलले जानकारी दिएका छन् ।

बुर्तिवाङ बजार विहानै देखी खुलेको छ – योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ ।
गल्कोटको हटिया बजार र जैमिनीको कुस्मीसेरा बजारमा पनि बन्दको खासै प्रभाव परेको छैन । गल्कोटमा निजी तथा सामुदायिक विद्यालयहरु सबै बन्द रहेको हरिचौरबाट सहकर्मी दिनेश खत्रीले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *