नगर प्रमुख नेपाली व्दारा नवागत लेखा अधिकृत पौडेलको स्वागत !

सुमन सुनार, बुर्तिबाङ २०७५ साउन २८ । ढोरपाटन नगरपालिकामा लामो समय देखी रिक्त रहेको लेखा अधिकृतको दरवन्दीमा अमृत प्रसाद पौडेल हाजिर भएपछी आज एक कार्यक्रमका बीच उनको स्वागत गरेको छ ।

नवागत लेखाधिकृत जोशीको स्वागत गर्दै नगरप्रमुख देवकुमार नेपालीले सरकारी कार्यालय तथा कर्मचारीहरु सरकारको अंग भएकाले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कामगर्न सुझाब दिए ।

कर्मचारीहरु आफ्नो कार्यप्रती लगनशील, अनुशासित र संवेदनशील बन्न आवश्यक रहेको बताउदै नगरप्रमुख नेपालीले सरकारी कर्मचारीहरुले आफ्नो भन्दा पनि कार्यालयको हितमा सम्झेर सेवाग्राहीको मन जित्ने गरि आफ्नो भुमिका निभाउन आग्रह गरे । नेपालीले जनताको काम र भावना अनुसार सेवा प्रबाहमा चुस्तता ल्याउन नगरपालिकाका कर्मचारीलाई निर्देशन समेत दिए ।

त्यस अवसरमा नवागत पौडेलले लेखा अधिकृतको रुपमा ढोरपाटन नगरपालिकामा आउन पाँउदा आफुलाई निकै खुसी लागेको बताउदै आफुले पारदर्शी र चुस्त, दुरुस्त तरिकाले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *