प्रजिअ खरेलव्दारा बालबाटिका केन्द्रको अवलोकन : सेतो गुराँश बाल विकास केन्द्रको गतिविधी प्रशंसनीय !

बागलुङ २०७५ साउन २८ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले सेतो गुराँश बाल बिकास सेवाबाट बागलुङ नगरपालिका ४ कुँडुलेमा सन्चालित सेतो गुराँस बाल बाटिकाको निरीक्षण अवलोकन गरेर बालबाटिकामा रहेका बालबालिकाको बिकासका लागि भए गरिएका कृयाकलापहरुका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।

बालबाटिकाको अवलोकन पछी त्यहाँको कृयाकलाप एवं व्यवस्थापनबाट प्रजिअ खरेल निकै प्रभावित भएको आफुले पाएको सेतो गुराँस बालविकास केन्द्रकी कार्यकारी निर्देशक विना कार्की पन्तले ईबागलुङलाई बताईन् ।

प्रजिअ खरेल बालबाटिका केन्द्रमा पुग्दा संस्थाकी कार्यकारी निर्देशक विना कार्की, तालिम संयोजक पम्फा खड्का र कालिका सापकोटाले स्वागत गरेका थिए ।

प्रारम्भिक बालबिकासको क्षेत्रमा कामगर्ने उद्देश्यले बागलुङमा सेतो गुराँश बालबिकास केन्द्रको शाखा २०५५ सालमा खोलिएको जानकारी दिँदै कार्यकारी निर्देशक कार्कीले बालबालिकाको सर्वांगिण विकासमा सहयोग पुगोस भन्ने हेतुले यो सेतो गुराँस बालबाटिका २०५८ सालमा स्थापना गरिएको सबभन्दा पहिलो बाल बाटिका भएको बतााईन् ।

कार्कीका अनुसार यसमा ३ देखी ५ वर्ष उमेरका बालबालिकाहरुको सर्वागिण विकासका लागि ठोस बस्तुहरुको माध्यमबाट विविध कार्यहरु सिकाईन्छ र उनिहरुलाई विद्यालय जाने बानी पार्ने कार्य गरिनुका साथै पोषणयुक्त खाजा खुवाउने गरिन्छ ।

२०६० साल देखी जिल्ला शिक्षा कार्यालयबाट प्राप्त कोटा, सेभ द चिल्डे«नको सहयोगमा सेतो गुराँश बालबिकास सेवाले बागलुङ जिल्लामा ३९१ बाल विकास केन्द्रहरु सन्चालनमा ल्याएको छ । शिक्षा विकास तथा समन्वय ईकाईकी सूचना अधिकारी सरिता शर्माले दिएको जानकारी अनुसार उल्लेखित ३९१ केन्द्रहरुमा २०७५ सालमा ३ हजार ९ सय ५८ बालबालिका भर्ना भएका छन् ।

सेतो गुराँस बालबिकास केन्द्र बागलुङ जिल्लाका बालबालिकाहरुको सर्वाांगिण विकासको क्षेत्रमा अनवरत सेवा गर्दै आएको संस्थाको रुपमा चिनिन्छ । ३९१ केन्द्रका प्रतिनिधीहरुलाई तालिमको व्यवस्था एवं आवास सुविधाका लागि संस्थाको आफ्नै भौतिक संरचना रहेको छ भने एउटा निर्माणाधीन भवन अर्थाभावले अधुरो अवस्थामा रहेको छ । यो निर्माणाधीन भवनको लागि बागलुङ नगरपालिकाले रकम विनियोजन नगरेसम्म यहि अवस्थामा रहने संभावना रहेको श्रोतले बतायो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *