आजको तस्वीर : ओम नम: शिवाय !

आज २०७५ साल साउन महिनाको अन्तिम सोमबार बिहानै देखी शिवालयहरुमा भक्तहरुको भीड लागेको छ । बागलुङ सदरमुकामको कालिका भगवती, गौरी शिवधाम, म्याग्दीको गलेश्वर, पर्वतको खनियाघाट शिवालय, गुप्तेश्वर तथा सहश्रधारामा श्रद्धालुहरु भागवान शिवको पूजा अर्चनामा व्यस्त देखिन्छन ।

आजको तस्वीरमा पर्वत सहश्रधारा स्थित भगवान शिवको मन्दिर तथा अबिरल बग्ने सहश्रधारा (१०८ धारा)को जलस्नान लाई लिएका छौँ । केहि वर्षदेखी यस पवित्रस्थानको बिकासका लागि विविध निर्माण कार्यहरु गरिदै आएको छ । गत वर्ष श्रीमद्भागवत ज्ञानमहायज्ञ समेत गरिएको थियो । पहराबाट अबिरल निस्कने जलधारालाई व्यवस्थित गरी १ सय ८ जलधारा निर्माण गरिएको छ । श्रद्धालुहरु यसै पवित्र जलस्नान गरी आज भगवान शिवको स्तुति गरिरहेका छन् ।

तस्वीर- लक्ष्मी कुमाल ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *