रुद्रावती क्याम्पस वामीमा १० दिन देखीको ताला खुल्यो, हावाहुरीले क्षेती !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ फागुन १९ । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले गत फागुन १० गते क्याम्पस प्रशासनमा ताला लगाएको थियो । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको प्रयोजन सँग सम्बन्धित गरी क्याम्पस प्रशासनले फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुले ताला बन्दी गरेको थियो ।

नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्ध ब्यक्तिहरु मिली बनाइएको क्याम्पस सञ्चालक समितिमा रहेका पदाधिकारीहरु बिच बिगत केही दिन देखी भएको बार्ता चर्काचर्कीमै सीमित रहने गरेको कारण निष्कर्ष निस्कन सकेको थिएन ।

आज भएको सञ्चालक समिति, क्याम्पस प्रशासन, बिद्यार्थी संगठनका प्रतिनिधिहरु सहितको बैठकले छानबिन समिति गठन गरी सोही अनुसारको प्रतिबेदन सर्बसम्मत गर्ने बताएपछि ताला खुलेको हो ।

बैठककै बिचमा अनेरास्वबियुका एक बिद्यार्थीले छानविन समितिले आफुले भने अनुसारको निर्णय नगरेमा आफुहरुले नमान्ने बताएपछि बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बिच चर्काचर्की सँगै झडपको स्थिती सिर्जना भएको थियो । नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्य र नेकपा एमालेका पुर्वपार्टी अध्यक्ष नारयाण सापकोटा बिच चर्काचर्की भएको थियो । पछि सबै मिली चार जनाको समुहमा एक छानविन समिति गठन गरिएको छ । जसमा नेपाली काँग्रेसका वामी पार्टी सभापति सुदर्शन शाक्य, नेकपा एमालेका हरिहर सापकोटा, नेकपा माओबादी केन्द्रका राजन सापकोटा र जनमोर्चाका सुन्दर प्रधान सहितको समितिले छानबिन सहितको प्रतिबेदन तयार पार्ने भनिएको छ ।

समिति गठन भएलगत्तै अनेरास्वबियुका केशब रानाले सबै उपस्थितको रोहबरमा ताला खोली समितिलाइ बुझाएका थिए । अनि मात्र समितिले आफु अनुसार ताला लगाएको थियो ।

यसैवीच आज दिउँसो भएको हावाहुरीेले वामीका दुइ संस्थामा क्षती पुर्याएको छ । वामी श्रोत केन्द्र भवन वामीमा हावाले छानो उडाएको छ भने भुकम्प पछि निर्माण गरिएको महेन्द्र आदर्श उमाबि वामीको टहराको पनि छानो उडाएको छ । दुबै भवनको छानोका केही जस्तापाताहरु हावाले उडाएको हो ।
आज भएको हावाहुरीले वामी तथा आसपासका स्थानीय बासिन्दाहरु साँच्चीनै आत्तिने बनायो । केही स्थानीयहरुको घरमा समेत क्षती पुर्याएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.