रेडियो दिदीबहिनीले कुस्मामा नवौं पश्चिमाञ्चल महिला महोत्सव आयोजना गर्ने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन १९ । पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो दिदीबहिनीले आफनो सातौँ वार्षिकोत्सवको अवसरमा गत वर्षहरुका वार्षिकोत्सवमा जस्तै यस वर्षपनि पश्चिमाञ्चल महिला महोत्सव आयोजन गर्ने भएको छ ।

आज बागलुङ बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष एवं सांसद कल्पना चापागाँईले यही फागुन २४ गतेदेखी ३० गते सम्म विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि महोत्सव बताएकी हुन् । अध्यक्ष चापागाईले महिलालाई समाजको हरेक काममा समान सहभागीता र अवसर पाएको खण्डमा पुरुप सरह काम गर्न सक्छन् भन्ने लक्ष्यका साथ रेडियो संचालन गरेको र संचालन गर्दे आएको प्रष्ट पारिन। महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्नबहादुर पुन पासाङले गर्नेपनि उनले जानकारी दिईन् ।

महोत्सवमा प्रमुख आकर्षणको रुपमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता,¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालय स्तरिय नृत्य प्रतियोगिता संचालन गरिने भएको छ ।

भलिबल प्रथमलाई १ लाख, व्दितीय ६० हजार, र तृतीय ४० हजार ¥याली तथा झाँकी प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार द्धितिय पुरस्कार १० हजार र तृतिय पुरस्कार ७ हजार रहेको छ ।

त्यसैगरि रत्यौली भजन र विद्यालयस्तरिय नृत्य प्रतियोगितामा प्रथम १५ हजार द्धितिय ७ हजार र तृतिय ४ हजार ,वक्तृत्वकला र शैक्षिक प्रर्दशनी प्रतियोगितामा प्रथम ५ हजार द्धितिय ३ हजार र तृतीय २ हजार पुरस्कार राशीको व्यावस्था गरिएको छ ।
महोत्सवबको अनुमानित खर्च ३५ लाख आम्दानी र ३० लाख खर्चको अनुमान गरेको छ । जसमा मुख्य खर्चको १५ लाख बराबरको खर्च भलिबल खेल संचालनमा हुने बतार्र्ईएको छ ।

महोत्सवको मुख्य प्रायोजक नेपाल टेलिकम , महिला भलिबलको प्रथम पुरस्कार सौजन्य सावित्री अगरबत्ती र द्धितिय पुरस्कार सौजन्य नेपाल सामान ढुवानी ट्रान्सपोर्ट व्यावसायी स्रघ र तेस्रो पुरस्कार पर्वत क्लब हङकङले गरेको छ ।

अफिसियल मिडिया एभिन्युज टेलिभिजन रहेको छ । विगत ७ बर्षदेखि गर्दै आईरहेको बृहत् पश्चिमाञ्च्ल् महिला महोत्सव यस वर्ष पनी १ सय ७ औं अन्तर्राष्ट्रय महिला दिवशको अवसरमा कुश्माको बान्द्रेविडीचौर र बसपार्कमा संचालन गरिने भएको छ ।
अन्तराष्ट्रिय श्रमिक पहिला दिवसका अवसरमा २०६६ साल फागुन २४ गते स्थापना भएको रेडियो दिदीबहीनीले आफ्नो स्थापनाकाल देखीनै पश्चिमाञ्चल स्तरिय महिला महोत्सव आयोजना गर्दै आएको छ ।

कार्यक्रमको अवसरमा १ सय जना जेष्ठ नागरिक , अनाथ बालबालिका, एकल पहिला , शारिरीक अपाङगलाई सम्मान गरीने छ । त्यसै गरी पशु तथा कृषी प्रर्दशनी महिला उद्यमी विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *