परोपकार स्वावलम्वन पाल्पा र सिवाईसी बागलुङ वीच अन्तरक्रियात्मक कार्यक्रम !

सुमन जि.सी. बागलुङ, २०७३ फागुन १९ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको स्थलगत अवलोकनका लागि बिहीवार पाल्पा स्थित परोपकार स्वावलम्वन साकोसले सिवाईसी साकोसको स्थलगत अवलोकन गरी दुई संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियाका क्रममा परोपकार स्वावलम्वन साकोसले अध्ययन अवलोकनका लागि सिवाईसीलाई छनौट गर्नुको उद्देश्य तथा भ्रमणका आशा अपेक्षाका बारेमा संस्थाका अध्यक्ष कर्णवहादुर के.सीले जानकारी गराएका थिए भने सिवाईसी साकोसका गतिवीधिका बारेमा प्रवन्धक नवराज शर्माले जानकारी गराएका थिए ।
कार्यक्रममा समग्र बागलुङ जिल्लाको सहकारी अभियानका बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रममा पुर्व सासंद एवं परोपकार स्वावलम्वन साकोस पाल्पाका सल्लाहाकार अन्तरकृया कार्यक्रमका प्रमुख अतीथी यादववहादुर रायमाझी र डिभिजन सहकारी कार्यालय पाल्पाका सहकारी अधिकृत कृष्णबहादुर बोहोराले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्पर्क तथा प्रशासन सहायक अनीता घिमीरे र सञ्चालन लेखा समिति सदस्य संगिता शर्मा पौडेलले गरेकी थिईन ।

यसैवीच चारतारे युवा क्लव सिवाईसी नेपाल अक्षते शाखा कार्यालय बागलुङको आयोजनामा लेखानी गाविसमा १ दिने अगरबत्ती निर्माण तालिम सम्पन्न भएको छ ।

संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरी व्यवसायी दक्षता बृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम लेखानी गाविस स्तरीय सञ्जालका निर्देशक बसुमती पुनको अध्यक्षता र सिवाईसी लघुवित्त कार्यक्रम अक्षते शाखा कार्यालयका शाखा प्रवन्धक कृष्ण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा अगरबत्ती निर्माण, अगरबत्तीको बजारीकरण, यसको महत्व, विशेषता लगाएतका विषयमा प्रशिक्षक रेनु खड्काले सहजिकरण गरेकी थिईन् । प्रशिक्षक खड्काले प्रशिक्षार्थिहरुलाई तालिममा सिकेको सिपलाई व्यवहारमा परिवर्तन गरी व्यवसायीक बन्न सुझाव दिनु भएको थियो । तालिममा ३० जनाको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.