निसी बायँखोलामा गोठघर भत्किदा ९ गाईबस्तु पुरिएर मरे !

राजु आचार्य, बुर्तिवाङ २०७५ साउन २७ । आज विहान २ बजेको समयमा निसीखोला गाउपालिका १ साविक देविस्थान गाविसको बायँखोला घङ्ग्रेनीमा एक्कासी गोठ घर (बंगालो) भत्किएर त्यसमा रहेका ३ दुहुना भैँसी, ४ गोरु, एक व्याउने गाई र बहर पुरिएर मरेका छन् । गोठ धेरै पुरानो भएकोले भत्किएको प्रत्यक्षदर्शीले बताए ।

बायँखोला निवासी चुडामणि शर्माको गोठ घर भत्किदा चलनचल्तीको मुल्य अनुसार ३ लाख रुपयाँ भन्दा बढीको क्षती भएको स्थानीयले बताएका छन् । गोठ भत्किदा त्यस्मा रहेको पाडो भने जीवितै रहेको छ ।

जस्तापाताको छानो भएको गोठमा माथिल्लो तलामा घाँसपात पराल राख्ने र तल गाईभैँसी बाँध्ने स्थानीय चलन रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *