अबिरल वर्षाका कारण आँँगाखेत सानोखोला सडक खण्ड अवरुद्ध !

थम्मन थापा सन्देश, गल्कोट २०७५ साउन २६ । अबिरल वर्षाका कारण मल्म पाण्डवखानी सडक अन्तरगत आँगाखेत सानोखोला सडक खण्ड अवरुद्ध भएको छ । गल्कोट नगरपालिका ७ स्थित घिमिरे केसी कुल मन्दिर मुनिबाट झरेको पहिरोका कारण सडक अवरुद्व भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले ईबागलुङलाई बताए। लेदो माटो र रुखहरु सहितको पहिरोले केसी परिवारको कुल मन्दिर समेत उच्च जोखिममा रहेको घिमिरे केसी कुल सेवा समितिका सदस्य रुद्र केसीको भनाइै छ ।

मन्दिर मुनिबाट लगाईएको मेसिनरी वाल र ग्याबिन जाली समेत खसेपछि कुल मन्दिर र नजिकै रहेको शौचालय खस्ने अवस्थामा रहेको छ ।

मल्म पाण्डवखानी सडक निर्माण र स्तरोन्नतिको क्रममा सडक फराकिलो पार्दा अहिले वर्षायाम सुरु भए सॅगै मन्दिर जोखिममा रहेको केसीले जानकारी दिनुभयो । उक्त स्थानमा अहिले पनि लेदो माटो झरिरहेको छ । सडकमा ठुलै पहिरो खसेर अवरुद्व बनेपछि स्थानिय बासी, पैदल यात्री र विद्यार्थीलाई आवात जावत गर्न समस्या भएको गलकोट नगरपालिका ७ का वडा सदस्य लोक बहादुर थापाले बताए ।

उता मध्यपहाडी लोक मार्गको आगाखेत स्थित अमृसे खोला नजिकबाट खसेको ठुलै पहिरोका कारण गाडी र पैदल यात्रीलाई थप जोखिम बढेको छ । वर्षाले सडक माथिबाट धेरै भु(भाग चर्किएको विस्तारै खस्ने क्रम पनि जारी रहेकोले उक्त स्थानमा यात्रा गर्दा सबैले सतर्कता अपनाउन गल्कोट नगरपालिका वडा नं ७ को कार्यालयले अपिल गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *