गुल्मी प्रहरीले तम्घासमा बगायो अवैध घरेलु मदिराको बाईस धारा !

प्रेम सुनार, गुल्मी, २०७५ साउन २६ । हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय, गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पत्रकार र अन्य सरोकारवाला विच राखेको भेटघाट कार्यक्रममा अपराधको प्रमुख कारक घरेलु मदिरा भएको उल्लेख गर्दै त्यसलाई न्युनिकरणमा सुरक्षा निकायले गम्भीर ध्यान दिने उद्घोष गरेको केहि घण्टा नबित्दै गुल्मी जिल्ला प्रहरीले सदरमुकाम तम्घासबाटै अहिले सम्मको ठुलो परिमाण अवैध मदिरा वरामद गरी आज पत्रकार सम्मेलन गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले शनिवार दिउँसो सदरमुकाम तम्घासको बुढाथोकी बसपार्कबाट र उता क्षेत्र नम्वर २, को पुर्कोटदह ईलाका प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानमा छापा मारेर घरेलु मदिरा मरामद गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुवै स्थानमा गरी तयारी मदिरा १ सय १५ लिटर , उत्पादनका लागि तयारी मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर, घरेलु मदिरामा प्रयोग हुने मर्चा २० किलो वरामद गरी नष्ट गरेको हो ।

त्यस सैगै मदिरा उत्पादन गर्ने भाँडाहरु पैनी ७ थान , प्लाष्टिक ड्रम ४० थान, प्लाष्टिक ग्यालेन १७ थान र माटाको हाँडी ३ थान वरामद गरेकोमा नष्ट गरिएका ति पदार्थ पछि सम्वन्धितलाई अब त्यस्तो उत्पादन नगर्ने कागजात गराई बुझाईने प्रहरी प्रमुख बस्नेतले बताए ।
पानी परिरहेको बखतमा तम्घासको डम्पीङ्ग साईटमा नष्ट गर्ने क्रममा प्रहरी प्रमुख बस्नेत, प्रहरी नायव उपरिक्षक रोशन खड्का र प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्का सहित प्रहरीको टोली र पत्रकारहरुले एकै साथ घरेलु मदिरा बगाई रहँदा भन्दै थिए बाईसेधारको पवित्र जल सधै बगिरन्छ तर मनिसको शरीरमा असर पुराउने र अपराध बढाउने घरेलुले मदिराको बाईसेधार यसरी नै सवैले जुन कुनै बेला बगाई रहनु पर्दछ । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply