प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट !

पूर्णभद्र निउरे, बागलुङ (ताराखोला) २०७५ साउन २६ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले हिँजो ताराखोलमा प्रहरीव्दारा आयोजित नागरिक सुनुवाई कार्यक्रममा बोल्दै गाँजाको बोट नष्ट गर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै ताराखोला ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार ताराखोला गाउपालिकाका २ वडाहरुमा स्थानीयहरुले लगाएको भाँगोका बोटहरु नष्ट गरेको छ । नागरिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले अचारको लागि लगाईएको भाँगो खेतीलाई गाँजाको रुपमा नलिईदिन अनुनय विनय गरेका थिए ।

आज बिहान ईप्रका ताराखोलाका ईन्चार्ज प्रनानि सानुकाजी विष्टको नेतृत्वमा गएको ३० जनाको प्रहरी टोलीले ताराखोला गाउपालिका वडा नं ४ र ५ का बिभिन्न भागहरुमा भाँगोका बोटहरु नष्ट गरेको हो । स्थानीयवासीले भाँगोको बोट भनेपनि प्रहरीले त्यस्लाई अवैध लागुपदार्थ बनाउने गाँजाको रुपमा लिएर नष्ट गर्दै आएको छ ।

प्राप्त जानकारी अनुसार वडा न ४ को नागबेली खोला र नेपाने तथा वडा नं ५ को नाँगी, औलासी, ठुलो हिले, सीप, भीरकुना,अर्घाथुम, घत्लाङ गरी करीब २ सय रोपनी गाँजा (भाँगो) फडानी गरेको छ ।

प्रहरीका अनुसार गाँजा नष्ट गर्ने अभियान केहि दिन जारी रहने छ । भोलि आईतबार ताराखोला गाउपालिकाका वडा नं २ र ३ पर्सि सोमबार वडा नं १ मा फडानी गरिने छ ।

यसैवीच बडीगाड गाउपालिका भिङगिठेबाट सहकर्मी दिनेश शर्माले दिएका जानकारी अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट प्रनानि भोज बहादुर बानियाको नेतृत्वमा बडीगाड गाउपालिका -८ रणसिँहकिटेनीको घोरघोरेमा गाँजा फडानीगर्न गएको १० जना प्रहरीको टोली केहि समय अघि रणसिँहकिटेनी पुगेको छ । स्थानीयका अनुसार भोलि आईतबार विहान देखी फडानी कार्य सुरु गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. Yesin Roka

    आजको सरकार,
    स्थानीय किसानले रातदिन,असिना पानी नभनी दु:ख गरि आफ्नो जिबिको आर्जन गर्ने उदेश्यले लगाइएको अचार खाने भाँगोलाई रास्ट्रद्वारा अनुबन्धित लागुपदर्थ ‘गाँजा’ नाम दिई नस्ट गर्ने नेपाल प्रहरीले,
    -कुन स्थानमा लागुपदार्थ उत्पादन हुन्छ भनी खोज अनुसन्धान गरि कार्य अगाडि बढाउन सक्दैन थियो र?
    -भित्र्याउने बेला भएको बाली नस्त हुँदा के थकित किसानलाई मर्का पर्दैन होला र?
    -सरकारले के नेपाल प्रहरी जनताको सुरक्षाको लागि अनुबन्धित गरेको हैन र? कि ती गरिब किसानको असिना पसिना गरि तयार गरिएको भित्र्याउने बेला भएको बाली नस्ट गर्ने उदेश्यले अनुबन्धित गरिएको हो?
    -सरकारले यो कदम चाल्नु अघि गरिब किसानको बारेमा केही सोच्नु पर्ने होइन र?उनिहरुको आर्थिक स्थिति अन्तत उहीँ आलु भाँगो हो त्यसैमा सरकारले रोक लगाउदा अब के होला।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *