रणसिँहकिटेनी समाज युएईव्दारा क्यान्सर पीडित श्रीसलाई रु ६२ हजार ५ सय सहयोग !

दिनेश शर्मा, बागलुङ २०७५ साउन २६ । रणसिँहकिटेनी समाज युएईले बडीगाड गाउँपालिका-८ रणसिँहकिटेनीका दुर्घटनामा परेका देखि जटिल र खर्चिलो रोग लागेका सम्मलाई पटक पटक गरि हाल सम्म तीन लाख सत्ताइस हजार तीन सय सहयोग गरिसकेको सस्थाका अध्यक्ष्य चक्र घर्तीले ईबागलुङलाई बताए ।

पछिल्लो समय समाजले तेश्रो बार्षिकोत्सका अवसरमा ब्लड क्यान्सरबाट पीडित रणसिँहकिटेनी पुरानोगाउँका याम बहादुर श्रीसलाई रु ६२ हजार ५ सय रकम सहयोग पठाएको हो ।

यस अघी घोरघोरेको गाडी दुर्घट्नामा एक जना मृतकको परिवारलाई रु ५० हजार अन्य ४ जना गम्भिर घाइतेलाई प्रत्यक ब्यक्ती रु १५ हजार र अरु रु ४० हजार उक्त घट्नाको सम्बेदना गित रेकर्डिङ, मलयसियमा बाईक दुघट्ना परी अचेत अस्बस्थाको ब्यक्ती लाई रु ६२५०० । सहयोग गरियो भने बडिगाड ८ घोरघोरेका लोक पाइजाको माइलो छोरा दोजमान पाइजालाई काठमाडौंमा उपचार गराउदा सहयोग गरेका थियो । बाईक दुर्घट्नामा परी ज्यान गुमाएका रेसम बोहोराको परिवारलाई रु ५०,३०० । आर्थीक सहयोग गरिएको समाजले जनाएको छ ।

सन २०१५ अगस्तमा युएईमा रहेका रणसिँहकिटेनीका युवाहरुले सामाजिक कार्य गर्ने उद्देश्यका साथ सो संस्था स्थापना गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *