सामुदायिक सेवा केन्द्रव्दारा नवागत प्रहरी नायब उपरीक्षक राणाको स्वागत !

बागलुङ २०७५ साउन २६ । जिल्ला प्रहरी कार्यालय बागलुङमा नवागन्तुक प्रहरी नायव उपरीक्षक बालनर्सिँह राणालाई सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाले एक कार्यक्रम गरी स्वागत गरेको छ । स्वागत कार्यक्रममा केन्द्रका अध्यक्ष, पदाधिकारी एवं उपस्थित सबैले खादा ओढाई प्रनाउ राणाको स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै नवागत प्रहरी नायब उपरीक्षक राणाले जिल्लामा कार्यरत रहँदा जिल्लावासीहरुको सहयोगमा शान्ति, सुरक्षा, अमन चयन लगायत आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

सेवा केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा केन्द्रका पदाधिकारी एवं सदस्यहरु शम्भु आचार्य, राजेन्द्र आचार्य एवं समाजसेवी लक्ष्मण श्रीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सन्चालन केन्द्रकी सचिव लक्ष्मी बोहराले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *