कतारमा परियारको संयोजकत्वमा संकलित रकम नरेन्द्रलाई हस्तान्तरण

खगेन्द्र विश्वकर्मा बागलुङ २०७५ साउन २६ । रगत उत्पादन नहुने रोगले ग्रसित नरेन्द्र घर्ती बचाउ अभियानमा कतारमा समाजसेवी तथा गल्कोट मिलन केन्द्रका अध्यक्ष बालसिह परियारको सक्रियतामा अन्य विभिन्न व्यक्तिको सहयोगमा कतारमा संकलित १ लाख ६७ हजार २ सय ५० शुक्रबार सिभिल अस्पताल काठमाडौंमा कलाकार नेरन्द्रलाई सहयोगी मानसिँह राना, कलाकार थानेश्वर गौतम ,खगेन्द्र विश्वकर्मा, कमल जि एम, ईश्वर वावु, लिमेन्द्र राईले रकम हस्तान्तरण गरेको छन् ।

कतारमा संकलित रकम र ताराखोला गाउपालिका ५ का भिमबहादुर कामी हाल न्युजिल्यान्डबाट ५ हजार र लिमेन्द्र राई खोटाङले ३ हजार रकम थप हस्तान्तरण गरेका छन् ।

यसैवीच नरेन्द्र अहिले अस्पतालबाट डिस्चार्ज भएर बाहिर बस्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *