ताराखोलामा छिट्टै गाँजाको बोट नष्ट गर्ने अपरेसन थाल्ने प्रउ रेग्मीको चेतावनी !
अचारको लागी उत्पादन गरिने भाँगोलाई गाँजासंग तुलना नगरी दिन स्थानीयबासीको आग्रह !

पूर्णभद्र निउरे, बागलुङ (ताराखोला) २०७५ साउन २६ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा शुक्रबार ताराखोलामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी संगठनलाई सुदृढ बनाउन र नागरिक तथा प्रहरी बिच सम्बन्ध सुमधुर बनाउने उदेश्यले आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रमका सहभागीले समाजमा बढ्दै गैरहेको बिकृती र बिसंगती अन्त्यका लागि प्रहरीको भुमिका बढाउनु पर्ने, विशेष गरि युवा पुस्तामा मौलाउदै गएको खराब आदतहरु निरुत्साहित गर्न स्थानीय सरकार र प्रहरी बिच तालमेल बढाउनु पर्ने , स्थानीय तहमा गठित न्यायीक समिति र प्रहरी कार्यालय बिच समन्वय हुनु पर्ने जस्ता विषयहरुमा जिज्ञासा राखेका थिए ।

अचारका लागि उत्पादन हुने ताराखोलाको भाँगो यहाका गरिब जनताको हातमुख जोर्ने मुख्य उत्पादन भएकोले भाँगो खेतीलाई गाँजा खेतीको रुपमा तुलना नगरी अन्नबाली कै रुपमा लिन पनि स्थानीयले अनुरोध गरेका थिए ।

नागरिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै प्रहरी उपरीक्षक दिपक रेग्मीले भाँगो खेतीबाट सोझा जनताहरुलाइ आर्थिक प्रलोभनमा पारी त्यसबाट राज्य द्वारा निषेधित पदार्थ उत्पादन गर्ने दलाली गिरोह पनि सक्रिय रहेको त्यस तर्फ सजग रहन आग्रह गरे।

केहि वर्ष पहिले ताराखोलामा जिल्ला प्रहरी कार्यालय बागलुङले यसरी फँडानी गरेको थियो । फाईल तस्वीर ।

प्रहरी उपरीक्षक रेग्मीले जिल्लाको ताराखोला क्षेत्रमा पनि भाँँगो खेती संगै कतिपय ठाउँमा गाँँजा खेती पनि रहेको आफुले सूचना प्राप्त गरेकाले छिट्टै गाँजाको बोट नष्ट गर्ने अपरेसन थाल्ने भन्दै त्यसमा सहयोग गर्न स्थानीय सरकार, राजनैतिक दल र स्थानीयलाई अनुरोध समेत गरे ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोला गाउँपालिकाको कार्यालय परिसरमा एउटा छुट्टै प्रहरी बिटको आबश्यकता रहेकोले त्यसका लागि पहल गर्न अनुरोध गरेका थिए ।

कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीको अध्यक्षता र ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक सानू काजी बिष्टको संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *