कुस्मामा जीवन विमा सम्वन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न !

निर्मल पौडेल पर्वत २०७५ साउन २५ । नेपाल लाइफ इन्स्योरेन्स जीवन विमा अभिकर्ता एक दिने अभिमुखीकरण तालिम कुस्मामा सम्पन्न भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कुस्मा शाखाले शुक्रवार आयोजना गरेको तालिममा विमा सम्वन्धि विविध विषयमा प्रशिक्षण र छलफल हुँदै सम्पन्न भएको हो ।
स्थानीय एक होटेलमा भएको अभिमुखीकरण तालिममा पर्वत र वागलुङका गरि करिव ५० जनाको उपस्थिति रहेको थियो ।

तालिमको प्रशिक्षण नेपाल लाईफ इन्स्योरेन्स पोखरा शाखाका सिनियर म्यानेजर दामोदर सापकोटा र कुस्मा शाखाका प्रमुख प्रनिश गिरीले दएका थिए ।
तालिममा जीवन विमाको परिचय इतिहास, उद्देश्य, महत्व फाइदा जीवन विमाका आधारहरु, विमाका प्रकारहरु, जीवन विमाको जोखिमाङ्कन, विमा किन र के का लागि ,विमाका प्रकार,विमा कम्पनी, विमाका विशेषताहरु उमेर हदवन्दी, अभिकर्ताको काम कर्तव्य र अधिकार विमित, विमाङ्क वोनस रकम लगायत कुराहरुको वारेमा स्पष्ट पारिएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ऐन २०५३ अन्र्तगत पव्लिक लिमिटेड कम्पनीमा स्थापना भएको संस्था रहेको छ । नेपालीहरु मात्रको लगानीमा निजी क्षेत्रमा स्थापित जीवन विमा व्यवसायमात्र कारोवार गर्ने नेपालको पहिलो बीमा कम्पनी भएकोले अन्य कम्पनीहरु भन्दा विश्वसनिय भएको प्रशिक्षक कुस्मा शाखाका प्रमुख प्रनिश गिरीको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *