ठेकदारको कुटाई पछी चर्चामा आए पत्रकार घायल र तिवारी ! के थियो घटनाको रहस्य ?

पर्वत २०७५ साउन २५ । पर्वत सदरमुकाम कुस्मा बजारमा क्रियाशील पत्रकार व्दय ओम प्रसाद घायल तथा छविलाल तिवारी माथी कुटपीट गरिएको समाचार विहान विहानै भाईरल बनेको छ । पत्रकार व्दय माथी हातपात गर्ने कुस्मा ३ का निर्माण व्यवसायी पुष्कल शर्मा माथी कडा कार्बाहीको माग गरिएका स्टाटसहरुले सामाजिक सन्जाल फेसबुक भरिएका छन् ।

घटनाको नेपाल प्रेस युनियन केन्द्रिय समितिले हिजो राती नै विज्ञप्ती निकाली भत्सर्ना गरेको छ । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गरेका छ्न । पत्रकार घायलले आफुमाथी भएको आक्रमणको आज कानुनी उपचार खोज्ने बताए । युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गरेका छन्।

पत्रकारलाई मात्रै नभएर कसैले कसैलाई हातपात गर्नु निन्दनीय हुन्छ । समाधानका धेरै उपायहरु हुन्छन, आपसी बैरभावलाई अन्य तरिकाले सुल्झाउनु पनि सकिन्छ । सन्ध्याकालीन समयमा कुनै एक होटलमा हुने यस्ता अप्रिय घटनाहरुका पछी थुप्रै कारणहरु हुनसक्छन् । देख्ने सुन्ने नजरिया सबैका आआफ्नै हुन्छन् त्यसैले समाजिक सन्जालमा आएका र त्यस उपर गरिएका टिप्पणीहरुले घटनालाई केलाउदा न पत्रकार व्दयको ईज्जत बढ्यो न पीडक भनिएका निर्माण व्यवसायी शर्माको कुनै बहादुरी देखियो । घटनामा मुछिएका तीनैजना महानुभावहरुका लागि यो दुखद घटना प्रत्युत्पादक नै सावित हुन पुग्यो ।

एक निर्माण व्यवसायीले दुई जना क्रियाशील पत्रकारहरुमाथी हातपात वा कुटपिट गर्नु पर्ने कारण के थियो ? त्यो खुलेको अवस्था छैन । कसैले जाँडपानीको झगडा भनेका छन् त कसैले कमिशनको खेल भनेका छन् । के हो त घटनाको बास्तविकता ? सर्वप्रथम पत्रकार व्दयले यस अप्रिय घटनालाई सार्वजनिक गर्नु जरुरी छ ।

घटनालाई लिएर प्रजातान्त्रिक धारका पत्रकारहरुले घटनाको निन्दा गर्दै दोषीमाथ कार्बाहीको माग गरेका छन् तर बास्तविक घटना के थियो ? बोलेका छैनन, एकोहोरो कडा कार्बाहीको माग मात्र गरिएको छ । अर्कोतिर प्रजातान्त्रिक धार इतरका पत्रकारहरुले यसलाई गम्भीररुपमा लिएको अवस्था छैन ।

पत्रकार रोशन तिवारीले आफ्नो फेसबुक वालमा पोष्ट गरेको भनाईमा केहि यस्ता टिप्पणीहरु पनि आएका छन् जस्ले घटनालाई रहस्यमय बनाउन सहयोग पुगेको छ ।

***\

केहि वर्ष पहिले पन एक निर्माण व्यवसायीले पत्रकार तिवारी माथी हातपात गरेको समाचार प्रकाशमा आएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *