बागलुङबाट प्रकाशित हुने धौलागिरि जागरण दैनिक क वर्गमा

बागलुङ, २०७५ साउन २५ । सहकारीको पूर्ण व्यवस्थापनमा विगत १२ वर्षदेखि बागलुङबाट प्रकाशित हुदै आएको धौलागिरि जागरण दैनिक प्रेस काउन्सिलको वर्गिकरणमा क वर्गमा परेको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक प्रेस काउन्सिलको वर्गिकरणमा आ.व. २०७३÷०७४ मा क वर्गमा पर्न सफल भएको हो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापना लगत्तैदेखि धौलागिरि जागरण पत्रिका प्रकाशित गर्दै आएको छ । शुरुमा अर्धसाप्ताहिक रुपमा प्रकाशित हुदै आएको पत्रिका २०६५ जेठ १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुदै आएको छ ।

धौलागिरि जागरण दैनिकले आफ्नो सहप्रकाशनका रुपमा प्रकाशन गर्दै आएको अग्रसर साप्ताहिक प्रेस काउन्सिलको वर्गिकरणमा ग वर्गमा परेको छ । २०६८ देखि मासिक रुपमा प्रकाशित हुदै आएको अग्रसर साप्ताहिक २०७२ देखि साउन ८ देखि साप्ताहिक रुपमा प्रकाशन हुन थालेको हो ।

साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले दैनिक र साप्ताहिक पत्रिका प्रकाशनसंगै वचत तथा ऋण लगायत सहकारी र सञ्चार सम्बन्धी विविध कार्यहरु गर्दै आएको पत्रिका सम्पादक रामबहादुर जिसीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *