नेपाल महिला सघंको ७१ औं स्थापना दिबसको अबसरमा हटियामा अन्तरक्रिया सम्पन्न

शर्मिला बस्नेत गल्कोट २०७५ साउन २४ । नेपाल महिला सघंको ७१ औ स्थापना दिवसको अबसरमा आज हटियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सघं गल्कोट नगर कार्यसमितीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल महिला सघ महाधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसेले महिलाहरुको बिषयमा आबाज उठाउनु पर्दा एक महिलालाई अर्कोे महिलाले समर्थन गरेर अघि बढनु पर्ने बताईन् ।

महिलाहरुका समस्याहरुलाई समाधान गर्न महिलाहरुने नेतृत्व गर्नुपर्नेमा कार्यक्रमकी प्रमुख अतिथि चालिसेको जोड थियो । कार्यक्रममा गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नेपालि कांग्रेस जिल्ला कार्य समिति सदस्य फम बहादुर खत्री, नेपाल महिला सघं जिल्ला सदस्य शिब कुमारी खत्री, नेपाल शिक्षक सघं गल्ल्कोट नगरपालिकाका अध्यक्ष हरि चालीसे, गल्कोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, गल्कोट नगरपालिका बाड न ९ का बडा अध्यक्ष तेज बहादुर थापा,नेपाल महिला सघं गल्कोट नगर कार्य समिति कोषाध्यक्ष भगवती मल्ल , नेपाली काङ्ग्रेस का जिल्ला सदस्य राम प्रकाश बि.क नेपाल महिला सघ गल्कोट नगरपालिका बाड ३ का अध्यक्ष लक्ष्मी खड्का, गल्कोट नगरसभा सदस्य तुलसी दर्जी लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रम नेपाल महिला सघं गल्कोट नगर अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता ,उपाध्यक्ष माया शेरचनको स्वागत तथा सचिब रश्मी गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *