बडीगाड गाउपालिकामा महिला संघले एकहत्तरौ स्थापना दिवस मनायो !

बडीगाड २०७५ साउन २४ । बडीगाड गाउपालिका स्थित नेपाली काँग्रेस निकट नेपाल महिला संघले आज एकहत्तरौँ स्थापना दिवस एक कार्यक्रममा बीच मनाएको छ ।

बडीगाड गाउपालिका महिला संघकी अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथी नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य गण्डकी थापा अधिकारी, महिला संघकी जिल्ला सदस्य मायाँ केसी, बडीगाड ५ का नेपाली काँग्रेस सभापति अर्जुन खरेल, वडा नम्वर ६, ७ र २ का सभापतिहरु क्रमश मौसमकाजी क्षत्री, कृष्ण गुरुङ र सु रत्नबहादुर गुरुङ, महिला सदस्य शर्मिला खरेल, भूपू सैनिक संघ क्षत्रीय सचिव जुनु मल्ल, नेका जिल्ला सदस्य सरस्वती आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत भाषण कोपिला परियारले र सन्चालन सुमित्रा क्षत्री घिमिरेले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *