प्रजिअ खरेल, नगरप्रमुख गैरे समेतको टोलीव्दारा गल्कोट केन्द्रमा एसईई पूरक परीक्षा अवलोकन !

घनश्याम गौतम, गल्कोट २०७५ साउन २४ । २०७४ सालको चैत महिनामा लिईएको एसईई परीक्षाको ग्रेडबृद्धि (पूरक परीक्षा) हिँजो साउन २३ गते देखी सुरु भएको छ । हिँजो पहिलो दिन अनिवार्य अंग्रेजी विषयको पूरक परीक्षा भएको छ भने आज परीक्षार्थीहरुले नेपाली विषयको पूरक परीक्षा दिईरहेका छन् ।

सदरमुकाममा रहेको विद्यामन्दिर, कुस्मीसेरामा रहेको शान्ति, गल्कोट हटियामा रहेको गल्कोट र बुर्तिवाङमा रहेको उत्तरगंगा समेत चार माध्यमिक विद्यालयहरुमा परीक्षा सन्चालन भैरहेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गल्कोट माध्यमिक बिद्यालय गल्कोट हटिया केन्द्र पुगेर नेपाली विषयको परीक्षा अवलोकन गरेका छन् । प्रजिअ खरेलका साथै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी, शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले परीक्षा अवलोकन गरेको परीक्षा केन्द्र प्रमुख एवं गल्कोट माबिका प्रधानाध्यापक देवेन्द्र खत्रीले ईबागलुङलाई बताए ।

परीक्षा शान्तिपूर्ण तवरले सन्चालन भैरहेको जानकारी दिँदै केन्द्र प्रमुख खत्रीले आज भैरहेको नेपाली विषयको पूरक परीक्षामा आवेदन २४ जना परीक्षार्थीहरुले दिएपनि परीक्षामा भने १३ जनाले सहभागिता जनाएको बताए ।

गल्कोट माध्यमिक बिद्यालय गल्कोट हटिया केन्द्र

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *