पानी पर्दा साथ आँगाखेतमा कुनैपनि बेला ठुलै भु-भाग नै पहिरो जाने खतरा !

थम्मन थापा गल्कोट २०७५ साउन २३ । अविरल वर्षा पछि मध्यपहाडी लोकमार्गको गल्कोट खण्डमा पहिरो खस्दा ुपारु साधनहरुको आवागमनमा सास्ती र बस्तीहरु जोखिममा परेका छन् ।

गल्कोट नगरपालिका ७ मल्म आगाखेत स्थित अमरिसे खोला नजिक सडक माथिबाट खसेको पहिरोले आगाखेतमा रहेका केहि घरधुरी जोखिममा रहेका छन । स्थानिय देव बहादुर थापा र खुमकुमारी गौतमको घर जोखिममा रहेको गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । वडा अध्यक्ष थापा र जिल्ला समन्वय समितिका बागलुङका सदस्य दल बहादुर थापाले पहिरो खसेको स्थानको स्थलगत अवलोकन समेत गरेर यस्तो बताएका हुन् ।

झण्डै २०० मिटर माथिबाट खसेको पहिरोले घर गोठ र बारीका विभिन्न भु(भाग चर्किएर पुरै बग्ने खतरामा रहेको स्थानिय पिताम्बर गौतमले बताए ।

पानी पर्दा उक्त स्थानमा जुनसुकै बेला ठुलै भु(भाग नै खसेर पहिरो जान सक्ने खतरा बढेकोले मध्यपहाडी लोकमार्गमा गुडने गाडीहरु र पैदल यात्रीलाई झन जोखिम बढेको छ । त्यस स्थानमा यात्रा गर्दा गाडी चालक र पैदल यात्रीलाई वडा नं ७ को वडा कार्यालयले सचेत रहन सबैमा आग्रह समेत गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *