नारायणस्थानका युवा मनोज विकको उपचारका लागी प्रवासी युवाको सहयोग !

नारायण रिजाल, बागलुङ २०७५ साउन २३ । बागलुङ नगरपालिका–१४ नारायणस्थानका युवा मनोज विकको उपचारका लागी प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन । रुख काट्ने क्रममा खसेर गम्भिर घाइते भएका विकको लागी अमेरीकामा संकलन भएको ४४ हजार ५ सय २४ रुपैया रकम उनको उपचारको लागि सहयोग गरेका हुन् ।

मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराईरहेका विकको आर्थिक अभावले उपचारमा समस्या भएको थियो । वैदेशीक रोजगारीको लागि अमेरीका गएका वलेवा क्षेत्रका युवाहरुले उक्त रकम सहयोग गरेका हुन । हाल अमेरीकामा रहेका बानपा–१३ पैयुपाटाका युवा समाजसेवी वासुदेव पौडेलको नेतृत्वमा आर्थिक संकलन गरी नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी मार्फत विकलाई रकम हस्तान्तरण गरिएको हो ।

अमेरिकामा रहेका बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ईश्वर शर्मा, बासुदेब पौडेल निर बहादुर क्षेत्री, पारस पौडेल बा.न.पा.– १४ नारायणस्थानका रबिन्द्र जि सी, सुजन बोहोरा, कृष्ण जि सी, प्रकाश बोहोरा र वानपा ११ रायडाँडाका टेक वहादुर मल्लले सामुहिक रुपमा आर्थिक संकलन गरेर उक्त रकम पठाएका हुन ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको खवर थाहा पाए पश्चात प्रवासी युवाहरुको सक्रियतामा पहिलो चरणमा ४४ हजार रुपैयाँ संकलन गरेको अभियानका नेतृत्वकर्ता बासुदेव पौडेलले बताए । हामीले कमाएको केही रकमको केही भाग मनोजका लागी पठाएका छौं उनले भने ‘उसको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ अभियानलाई थप अगाडि बढाउने छौं ।

अमेरिकामा संकलन गरेकोे रकम नेविसंघका उपाध्यक्ष सुवेदी मार्फत विकको घरमानै हस्तान्तरण गरिएको थियो । विदेशमा रहेका युवाहरुले मानविय भावना बुझेर मनोजको उपचारका लागी आर्थिक सहयोग अभियान संचालन गरी उपचारका लागी ठुलो राहत पुगेको उपाध्यक्ष सुवेदीले बताए ।
प्रवास रहेर पनि आफ्नो गाउँठाउँमा परेका वेला विभिन्न व्याक्तिहरु र संघसंस्थाहरुलाई सामाजीक र सहयोगी भावनाले प्रवासी युवाहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *