बडिगाड-६ सिस्नेरीको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध, यातायात प्रभावित !

दिनेश शर्मा, भिङगिठे, २०७५ साउन २२ । बडिगाड ६ सिस्नेरीको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भै लामो तथा छोटो दुरिको यातायात प्रभावित भएको छ।

केही बर्ष पहिले निकै ठूलो ठूलो पहिरो खसेर हप्तौं महिनौ बाटो अबरुद्द हुने उक्त सिस्नेरी जसलाइ कालिमाटी पनि भनिन्छ जुन बडिगाड ६ को खाल बजार र बडिगाड ७ को भिमघाट बजारको बीच भागमा पर्दछ। मध्यपहाडी पुष्पलाल मार्ग निर्माण पश्चात् अहिले पुन यहाँ पहिरो जान थालेको हो।

केहिदिन यता राती पहिरो जाने र बिहान डोजर लगाइ खुलाउने गरिएतापनी आज भने माथिबाट ठुलै भाग जमिनले ठाउछोडेको र लगातार ढुङ्गा माटो झरिरहेकोले यातायात पुर्ण रुपमा बन्द भएको छ भने बिधार्थी शिक्षक र अन्य पैदल यात्रु भने जोखिम मोलेर नै यात्रा गरिरहेका छ्न। माथिबाट जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले डोजर लगाउन समेत जोखिम रहेको इलाका प्रहरी कार्यलय भिमगिठेका हवल्दार यम ब. रुचालले बताए ।

बाटो माथी ठूलो भाग चकेको देखिएपनी त्यहा जान भने सम्भब नरहेको हवल्दार रुचालले बताए ।

आज बिहान ९ बजेदेखी बाटो ठप्प छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *