शिवालय बहुमुखी क्याम्पसमा नेविसंघ गठन !


पर्वत २०७३ फागुन १९ ।शिवालय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । नेविसंघका नेता आरसी पौडेल, अच्युत तिवारी, दिपक पौडेलको उपस्थितीमा विशन क्षेत्रीको सभापतित्वमा ४१ सदस्यिय ईकाई समिति गठन गरिएको हो ।

समितिको वरिष्ठ उपसभापतिमा विक्रम सापकोटा तथा उपसभापतिमा राधा नेपाली, सुवास सुवेदी र लक्ष्मण पौडेल रहेका छन् । सचिवमा भने एक छात्र र एक छात्रा गरि दुईजनालाई चयन गरिएको छ । जसमा सुस्मिता नेपाली र उज्जवल लामिछाने रहेका छन् ।

नवीन क्षेत्री, ज्ञानु कुँवर र राम पौडेल भने सहसचिवमा रहेका छन् । समितिको कोषाध्यक्षमा भने विवस कार्की चयन भएका छन् । सञ्जु गिरी सहकोषाध्यक्षमा रहेका छन् । त्यस्तै समितिमा प्रमिला गिरी, सविता शर्मा सहित २८ जना बाँकी पदाधिकारी चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *