भिमगिठे माद्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन: क्षत्री सर्वसम्मत !

दिनेश शर्मा, मिङगिठे, २०७५ साउन २१ । भिङगिठे मा बिमा आइतबार बिद्यालय ब्यवस्थापन समिती गठन भएको छ। एक बर्ष अगाडि नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय को निर्देशनमा गठन भएको समिति पुन बडीगाड गाउपालिकाको निर्देशनमा आइतबार समिति गठन भएको हो।

बि ब्य समितिको निवर्तमान अध्यक्ष नर बहादुर क्षत्रीलाई नै राम्रो काम गरेको भन्दै अभिभावकहरुले पुन अध्यक्षमा चयन गरेका हुन।

समितीका सदस्यहरुमा दिपक रायमाझी ,खिम बहादुर के सि –लब) पदम बहादुर बि क ,किरण कुवर, सुमित्रा घिमिरे खत्री, वडाध्यक्ष्य कृष्ण गुरुङ ,शिक्षक प्रतिनिधि जित बहादुर थापा,सदस्य सचिब प्र अ सागर खरेल लगायत रहेका छन्।

नवनिर्बाचित समितीको पहिलो बैठक आज बस्दै अभिभावकहरुलाइ धन्यवाद ज्ञापन गर्दै रिक्त रहेको प्रा बि तृतीय श्रेणी दरबन्दीको परीक्षा आगामी शुक्रबार गाउपालिकामा गर्ने निर्णय समेत गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *