बुर्तिबाङमा सामुदायिक सेवा केन्द्रको उद्घाटन , निष्पक्ष रुपमा काम गर्न नगर प्रमुख नेपालीको सुझाब !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ साउन २१ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आज एक कार्यक्रमबीच सामुदायिक सेवा केन्द्र बुर्तिवाङको उद्घाटन गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रका बरिष्ठ सल्लाहकार समेन रहेका कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख नेपालीले सामुदायिक प्रहरीले सँधै निष्पक्ष रुपमा जनताको हितका निम्ती काम गर्नुपर्ने बताउँदै राजनैतिक गन्ध आउने गरी कुनै काम नगरी निष्पक्ष भुमिका खेल्न आग्रह गरे । सो अवसरमा नगरप्रमुख नेपालीले नगरपालिकाले यस सँस्थालाई अगाडि बढाउन सक्दो सहयोग र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले बोल्दै सामुदायिक प्रहरी र त्यसका काम कर्तव्यका विषयमा अवगत गराएका थिए ।

प्रहरी र जनता बिचको दुरीलाई नजिक बनाउँदै समुदायमा हुने बिभिन्न घटना, दुर्घटना सँगै समुदायलाई सजग बनाउँदै समुदायमा उत्पन्न विवादलाई समेत समन्वयकारी भुमिका निर्वाह गरी समस्याको समाधान गर्ने उदेश्यका साथ गत २०७५ असार १३ गते विधिवत दर्ता भई सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाको वडा नँ १ र ७ लाई समेत आफनो सेवा प्रभाव क्षेत्र बनाएर अघी बढिएको सँस्थाकी अध्यक्ष दुर्गादेवी घर्तीले बताईन् । उनका अनुसार सँस्थाले आजीवन र साधारण सदस्यता अभियान खुल्ला गरीएको र आगामि असोज महिनामा अधिवेशनको तयारी अगाडि बढाईएको र भदौ महिनाको ३० गतेसम्म सदस्यता लिन सकिने बताउँदै केन्द्रलाई चुस्त दुरुस्त र समाज रुपान्तरण मुलक बनाएर अगाडी बढाईने अभियानमा आफुहरु लाग्ने समितीकी अध्यक्ष घर्तीले प्रतिवद्धता जनाएकी छन् ।

हाललाई नगरपालिकाको मातहतमा बुर्तिबाङ राईजिङ युृवा क्लब रहेको भवनको तल्लो तलामा साविक पशु सेवा कार्यालय रहेको स्थानमा उतm सँस्थाको कार्यालय सञ्चालनमा ल्याईएको छ ।

कार्यक्रममा राजनैतिक दलको तर्फदेखि नेकपा ढोरपाटन नगर कमिटी सम्योजक चन्द्र अर्याल, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्मा, राष्ट्रिय जनमोर्चाको तर्फदेखि दलबहादुर भण्डारी, नेपाल कम्युनिस्ट पार्टीको तर्फदेखि नेÞकपाका तर्फदेखि हरिबहादुर कुँवर, राष्ट्रीय प्रजातन्त्र पार्टीको तर्फदेखि निमबहादुर भण्डारी, ढोरपाटन नगरपालिका वडा नँ १ का अध्यक्ष चित्र भण्डारी, ईलाका प्रशासन कार्यालयको तर्फदेखि नन्दराम भुषाल , महिला अगुवा गण्डकी थापा अधिकारी लगाएतले बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र प्रहरी र जनताको बिचमा रहि सहि व्यवस्थापनको भुमिकामा रहन आग्रह सहित थप सफलताको शुुभकामना व्यतm गरेका थिए ।

कार्यक्रममा बिभिन्न सरकारी गैरसरकारी सँघसँस्थाका प्रतिनीधि, आजीवन सदस्य, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । सँस्थाका उपाध्यक्ष गुञ्ज भण्डारीको स्वागत रहेको कार्यक्रम महासचिव नरहरी भुषालको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *